News Portal

  • बाढी पहिरोमा अहिले सम्म ज्यान गुमाउनेको संख्या २०५ पुग्‍यो

    सुनौलोपोष्ट संवाददाता२०८१ आश्विन १४
    ६२ पटक

     

     

     

    r

     

    काठमाडौं। अविरल वर्षाको कारण आएको बाढी पहिरोलगायतका विपद्‍मा परी मृत्यु हुनेको संख्या २०५ पुगेको छ । गत असोज ११ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म २ सय ५ जनाको मृत्यु भएको हो ।

    विपद्‍मा परी काठमाडौं उपत्यकामा ५६ जना, कोशी प्रदेशमा १७ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १ सय २५ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २ सय ५ जनाको मृत्यु भएको प्रहरीको केन्द्रीय कार्यालयले निकालेको बुलेटिनमा उल्लेख छ।

    यस्तै बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २४ जना, कोशी प्रदेशमा १३ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ८५ जना गरी जम्मा १ सय ३० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

    साथै काठमाडौं उपत्यकामा २ हजार १ सय ५५ जना, कोशी प्रदेशमा २ सय ९० जना, मधेस प्रदेशमा ३५ जना, बागमती प्रदेशमा ७ सय ४५ जना र गण्डकी प्रदेशमा ९ सय ९७ जना गरी जम्मा ४ हजार २ सय २२ जनाको उद्दार गरिएको छ। साथै बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी छ।

    साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय भइरहेको प्रहरीले जनाएको छ।

    .

    प्रतिकृया दिनुहोस्