समाचार

अर्थमन्त्री खतिवडाले दिए राजिनामा, के हो कारण ?

काठमाडौं, फागुन २०- राष्ट्रियसभाको दुई बर्षे कार्यकाल सकिएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले राजिनामा दिएका छन्।सञ्चार तथा सूचना प्रविधी मन्त्री समेत रहेका खतिवडाले मंगलबार पदबाट राजिनामा दिएका हुन्।

स्रोतका अनुसार खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएा छन्। खतिवडाले भोली (बुधबार) पुनः अर्थ र सञ्चार मन्त्रीमा नियुक्त पाउने र सपथ ग्रहण गर्नेछन्।

खतिवडाको सांसद्को कार्यकाल आजबाट सकिनेछ। संविधानमा संघीय संसद्को सदस्य नभएको व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सकिने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार खतिवडाले राजिनामा दिएर पुनः सपथ खान लागेका हुन्।

Related Articles

Back to top button
Close