News Portal

कान्तिकारी जनबादी  गीत‘ हिड साथी हिड ’ सार्वजनिक

सुनौलो पोष्ट संवाददाता

काठमाडौं । पचालझरना मासिक का अध्यक्ष/ सम्पादक एवम  नेकपा पुर्व विद्यार्थी नेता जनपक्षिय गितकार रणबहादुर वि क( युगान्त) को‘ हिड साथी हिड ‘ कान्तिकारी जनवादी गीत सार्वजनिक भएको छ। प्रगतिशील जनवादी सांस्कृतिकमा आधारित आधुनिक गित ‘हिड साथी हिड’ गत आइतबार सार्वजनिक गरिएको हो।

उक्त गीतमा शब्द रण बहादुर बि.क ( युगान्त) र जनवादी गायक संगितिकार महेश नेपाली (आरोह सी) रहेको छ। VibeVerse Rana $ Thakera Youtube च्यानलबाट गीत सार्वजनिक गरिएपछि यतिबेला युट्युब, रिल, स्टोरी टिकटक लगायतका माध्यमबाट देख्न पाइन्छ। उक्त रचना लाखौं श्रोतामाझ पुगाउने लक्ष्य रहेको छ।

हिड साथी हिड ‘ आधुनिक गीतमा चर्चित जनवादी गायक महेश नेपाली (आरोह सी)को स्वर रहेको छ। संगित संयोजन एरेन्जर नाराण दंगाल मिक्स मास्टर नरेश विविसी , निर्देशन, मिराज विक्रम सिगं , सम्पादन राजेश बोहरा , छायांकन अमित बि क , श्री राम फिल्म काठमाडौं ले दृश्य निर्माण गरेको हो ।

नेपाली जनवादी सामाजसंस्कृतिको जर्गेना गर्ने उदेश्य ले कालिकोट जिल्ला पचालझरना २ धमाली मा जन्मीयका रणबहादुर बि.क नेकपा पुर्व विद्यार्थी नेता हुन हाल उनि संसदीय व्यवस्था का विरुद्ध लड्दै वैज्ञानिक समाजवाद ल्याउनुपर्ने अभियानमा छन् साथै पचाल झरना मासिकका प्रकाशक /सम्पादक र श्रमपत्र डटकम अनलाइन का प्रबन्धक समेत रहेका छन ।
दिन दुखि गरिव जनताको जीवनशैलीसँग गहिरो सम्बन्ध राख्ने ‘ हिड साथी हिड’ जनवादी गीत मेला महोत्सवमा गरिने क्रियाकलाप प्रगतिसिल जनवादी संस्कृतिमा आधारित छ। यस्ता आधुनिक भाकाहरूले नेपालका वामपन्थी कम्युनिस्ट कान्तिकारी हरुलाई एक जुट भएर आआफ्नो ठाउँमा बाट लड्दै नेपाली विषेश्ताकाे वैज्ञानिक समाजवद ल्याउने सन्देश दिएको छ ।

 

प्रतिकृया दिनुहोस्

ताजा भिडियो