काठमाडौं। जनकलाकार हरुको संगठन सामना सांस्कृतिक परिवारले ‘समाजवादका लागि सामना सास्कृतिक अभियान’ सुरु गर्ने भएको छ। समाजवादको पक्षेमा जनतालाई कलाको माध्यम बाट सुसूचित गर्ने उद्देस्यले यस्तो अभियान सुरु गरेको हो।
सामना सांस्कृतिक परिवारका केन्द्रीय अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य आरोह सी ले आफ्नो फेसबुक वालमा सामनाका विभिन्न कार्यक्रमको समय तालिका सार्वजनिक गरेका छन्
कर्यक्रम अवधि भर सामाना सांस्कृतिक परिवारका कलाकार संगै अथिति कलाकारका रुपमा माइला लामा माणि थापा शुसिल सिंह ठकुरी रमण धामी निर्मला घिसिङ लगायत कलाकारहरुको प्रस्तुति रहने आरोह सी ले वताएका छन्।
अभियान अन्तर्गत हेटौंडा असोज ११ गते चितवन पर्सा १२ गते नवलपुर दलदले १३ गते चितवन भरतपुर १४ गते रुपन्देही १६ गते कपिलवस्तु १७/१८ गते कार्यक्रम हुने छन्।
नेकपाको केन्द्रीय सांस्कृतिक टोली सामनाले यहि असोज ११ गते देखि समाजवादको लागि सामना सांस्कृतिक अभियान (टिकट सो )कार्यक्रम गर्ने भएको छ। सामनाको संस्थापक संयोजक तथा गीतकार संगीतकार मणि थापा माईला लामा सुशील सिंह ठकुरी केसर कालिकोटे रमण थामी सहित लामो समय जनवादी गीत संगीतको क्षेत्रमा योगदान गरिरहनु भएका सबैलाई जोडेर अभियान अगाडि बढाउने कुरा सामना परिवारका संयोजक तथा नेकपाका केन्द्रीय सदस्य आरोह सीले बताए।
अभियानमा जनवादी गीत नृत्य अपेरा व्यङ्ग्य सहितको प्रस्तुति रहने पनि आरोहले जानकारी दिए ।अभियानको पहिलो चरणमा मकवानपुर
चितवन नवलपुर रुपन्देही र कपिलवस्तुमा गरि करिव सात स्थानमा सामना सांस्कृतिक अभियान पुग्ने आरोह सीले वताएका छन्।