रोचक

३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १३ वर्षीय किशोर पक्राउ परेका छन् ।

सल्यान जिल्लाको शारदा नगरपालिकाकी ३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १३ वर्षीया बालक पक्राउ परेका हुन् । बालकले बालिकामाथि बलात्कार गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका थिए ।

पक्राउ परेका बालकलाई जिल्ला प्रहरी कार्यालय सल्यानको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button
Close