News Portal

  • प्रधानमन्त्रीमा दोस्रो तहको नेतालाई अघि सार्न : महामन्त्री शर्माको सुझाव

    सुनौलो पोष्ट संवाददाता२०८१ भाद्र १६
    ३७ पटक

     

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओलीपछि सरकारको नेतृत्वमा आफू नभइ दोस्रो तहका नेताहरुलाई अघि सार्न सुझाव दिएका छन् ।

    जारी केन्द्रीय समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

    “जेल, नेल, संघर्ष सबै बेहोर्नुभयो अब त्याग पनि गर्नुस्,” शर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “कांग्रेसको महामन्त्रीले घुमाएर होइन सिधै कुरा गर्छ । ०८३ को असारसम्म केपी ओली प्रधानमन्त्री हुनुहुनेछ । त्यसपछि तपाईंले पार्टीका नेताहरु शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का जसलाई छान्नुहोला, छान्नुहोस् ।”

    शर्माले यस्तो प्रस्ताव गरेपछि देउवाले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिए ।

    “मैले छाड्नेवाला छैन भनेपछि यस्तो कुरा गर्न मिल्छ ? अविश्वास प्रस्ताव ल्याएर हटाउनुस्,” देउवाको चुनौती थियो ।

    शर्माको प्रस्तावपछि देउवाले भन्नेबित्तिकै कसैले छाड्छ भनी प्रश्न गरेका छन् । “भन्नेबित्तिकै कसैले छोड्छ ? तपाईंलाई छोड्न मन छैन भने, तपाईं छाड्नुहुन्छ ? यस्तो कुरा नगर्नुस्,” उनले बैठकमा भने ।

     

    प्रतिकृया दिनुहोस्