News Portal

  • नेपालमा लगाएको टिकटक माथि प्रतिबन्ध हट्दै

    सुनौलो पोष्ट संवाददाता२०८१ भाद्र ६
    १०३ पटक

     

    काठमाडौं । भिडियोमा आधारित सामाजिक सञ्जाल टिकटकविरुद्ध नेपालले लगाएको प्रतिबन्ध खुल्ने भएको छ । जसका लागि सूचना तथा सञ्चार मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्ने निर्णयको प्रस्ताव मन्त्रीपरिषद् सचिवालयमा पठाएको छ ।

    बिहीबारको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी निर्णय गर्ने सम्भावना छ । यसअघि सरकारको सर्त नमानेको र सामाजिक सद्भावमा असर परेको भन्दै पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

    अब भने टिकटकले नेपालमा सम्पर्क कार्यालय स्थापना गर्ने र अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवा गर्न लागिएको हो ।

    प्रतिकृया दिनुहोस्