News Portal

  • सांसद चन्दको आग्रह:टाउकोको मोल तोक्ने र तोकिमाग्ने सबै सहिष्णु बनौं र पीडितलाई न्याय दिऔं

    सुनौलो पोष्ट संवाददाता२०८१ भाद्र २
    775Shares

     

    काठमाडौ। नेपाल कम्युनिस्ट पार्टीकी नेतृ एवम् रास्ट्रीय सभा सदस्य रेणु चन्दले तत्कालीन जनयुद्धको क्रममा टाउकोको मोल तोक्ने र तोकी माग्ने दुबैपक्ष जिम्मेवार र सहिष्णु बन्दै पीडितलाई न्याय दिनुपर्ने बताएकी छन् ।आइतबार रास्ट्रीय सभामा प्रस्तुत बेपत्ता व्यक्तिको छानबिन तथा सत्यनिरूपण मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक माथीको सैद्धान्तिक छलफलमा भाग लिदै सांसद चन्दले पीडितहरुको धैर्यताको बाध भत्किन लागेको बताइन् ।

    सैद्धान्तिक छलफलको क्रममा उनले राजनीतिक, बैचारिक र अदम्य साहसले भरिपूर्ण जनयुद्धलाई हिंसात्मक द्वन्द भनेर सहिदको बलिदानको अपमान गर्न खोज्ने प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने समेत बताइन् ।

    युद्धको बेला सबैकुरा सोचेसम्झे र नापेतौले जस्तो हुन नसक्ने भन्दै अब युद्धको क्रममा अङ्गभङ्ग भएका नागरिकको हातखुट्टा ल्याउन नसकिने र विधेयकका सबै बिषयमा आफुहरुलाई चित्त नबुझेपनि पीडितलाई न्याय दिनुको विकल्प नभएको नेतृ चन्दको भनाइ थियो।

    आयोगका काम र परिपूरणका कामहरू सङ्गसङ्गै लैजानुपर्ने,पीडितहरुको स्वास्थ्य उपचारको व्यवस्था तत्काल गरिनुपर्ने,आयोगअन्तर्गत कोष निर्देशक समिति बनाउँदा नेपाली र प्रत्यक्ष पीडितको नेतृत्वमा बनाउनुपर्ने सुझाव समेत सांसद चन्दले राखेकी छन् ।

    नेपालको अन्तरिम संविधान,विस्तृत शान्ति सम्झौता,नेपालको संविधान,सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त तथा निर्देशात्मक आदेश,अन्तरास्ट्रिय मानवअधिकार तथा मानवीय कानुनको विश्वव्यापी मान्यता,संक्रमणकालीन न्यायका सिद्धान्त, पीडित तथा सरोकारवालाहरुबाट प्राप्त सुझावका आधारमा आयोग सम्बन्धि विधेयक पेश भएको समेत उनको भनाइ थियो।

    प्रतिकृया दिनुहोस्