News Portal

  • यो सरकार बनेपछि अमेरिकी प्रभुत्व झनै बढेको छ : अनिल सी

    सुनौलो पोष्ट संवाददाता२०८१ साउन २९
    ६२ पटक

     

    बर्दिवास / नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य अनिल सीले यो सरकार बनेपछि अमेरिकी प्रभुत्व झनै बढेको बताएका छन् ।
    आजदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी मधेस प्रदेश समितिको तेस्रो पूर्ण बैठकलाई सम्बाेधन गर्दै उनलेे यस्तो बताएका हुन् ।
    उनलेे यो सरकार अमेरिकी डिजाइनमा बनेको भन्दै पछिल्लो समय विभिन्न पार्टीका नेताहरु पनि अमेरिकातिर ढल्किएको आराेप लगाए ।

    अमेरिका दक्षिण एसियामा सक्रिय रुपमा आएको बताउँदै नेता अनिलले नेपाललाई उनीहरुले महत्त्वपूर्ण रणनीतिक हिसाबले हेरेकाले हामीहरुले त्यसलाई प्रतिरोध गर्ने योजना बनाएर जनतामा जानुपर्ने उल्लेख गरे ।

    नेकपाका स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीको अध्यक्षतामा मधेस प्रदेशको कार्यलय बर्दिवासमा बसेको बैठकले विभिन्न विषयमा निर्णय लिने एक नेताले बताएका छन् ।

     

    प्रतिकृया दिनुहोस्