News Portal

  • मधेश सरकारको मन्त्रीमण्डलविरूद्ध कुर्सी जुलुस

    सुनौलो पोष्ट संवाददाता२०८१ साउन २३
    ७३ पटक

     

     

    जनकपुरधाम। मधेश सरकारले २० सदस्य मन्त्रीमण्डल बनाएको विरोधमा जनकपुरमा केर्सी जुलुस प्रदर्शन भएको छ ।

    जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ र विद्यार्थी युनियन नेपालले कुर्सी जुलुस प्रदर्शन गरेका हुन् ।

    जनकपुरको रामानन्दचोकबाट कुर्सी जुलुस नगरको विभिन्न भागमा प्रदर्शन गर्दै जनकचोकमा पुगेर कोणसभामा परिणत भएको छ । उनीहरु मुख्यमन्त्रीको राजिनामा समेत मागेका छन् ।

    मुख्यमन्त्री सतिश कुमार सिंह मंगलबार पाँच राज्यमन्त्री थप गर्दै अहिलेसम्मकै ठूलो २० सदस्यीय मन्त्री मण्डल बनाएका थिए । जसको चौतर्फी आलोचना भइरहेको छ ।

     

     

    प्रतिकृया दिनुहोस्