News Portal

  • नेकपाका महासचिव विप्लव सीलाई जुम्ली जनताको भव्य स्वागत

    वसन्त वि क२०८१ फाल्गुण ९
    750Shares

    ९ फागुन, जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई जुम्ली जनतले जिल्लाको धाँचुगाउँमा भव्य स्वागत गरेका छन ।
    पार्टीको आत्मनिर्भर उत्पादन नीति अनुसार स्याउ रोप्न शुक्रवार साँझ धाँचुगाउँ पुग्नु भएका महासचिव विप्लव सीलाई जुम्ली जनताले भव्य स्वागत गरेका हुन ।
    महासचिव विप्लव सी रोल्पा, रुकुम, दैलेख, कालिकोट हुदै शुक्रवार साँझ धाँचुगाउँ पुग्नु भएको हो ।
    महासचिव विप्लव सीलाई जुम्ली जनताले वाजा गाजा सहित भव्य स्वागत गरेका छन । महासचिव विप्लवका साथमा नेकपाका स्थायी समिति सदस्य सन्तोष सी, महासचिव विप्लवको जीवनसंगीनी सहितको टिमलाई जुम्ली जनताले भव्य स्वागत गरेको नेकपाले जनाएको छ ।
    महासचिव विप्वल सी सहितको टिमलाई वाजा गाजा,हुडके नाच सहित फुलमाला र अविरले न्यानो स्वागत गरेका हुन ।
    सर्वहारा श्रमजीवी जनताको नेताको रुपमा परिचित महासचिव विप्लव एकवर्ष अघि मात्र जुम्लाको धाँचुगाउँमा पार्टीको उत्पादन नीति अनुसार स्याउ रोप्न पुग्नु भएको थियो । उहाँ सहित सहभागी टिमले हाँडुलेमा स्याउ रोपेको थियो । यतिवेला पनि स्याउ रोप्न पुग्नु भएको छ ।
    जुम्ली जनताले फेरी पनि महासचिव विप्लव सहितको टिम आत्मनिर्भर उत्पादनको नीति लिएर फेरी पनि स्याउ रोप्ने योजना सहित जुम्ला पुगेकोमा जुम्ली जनताले खुसीले गदगद हुदै भव्य स्वागत गरेको बताएका छन ।
    यो स्वागतले नेकपाको काँधमा नयाँ जिम्मेवारी थपिएको र जुम्ली जनताको क्रातिन्तकारी विचारको पार्टीले सधै सम्मान गर्ने महासचिव विप्लवले बताउनु भएको छ ।
    स्वागतपछि संक्षिप्त मन्तव्य दिनु भएका महासचिव विप्लवले जुम्ली जनतालाई परिवर्तन र पार्टीको उत्पादनको योजनामा साथ दिन अपिल गर्नु भयो । r
    उहाँले न्यायनो माया दिएर स्वागत गर्ने जनतालाई विशेष धन्यवाद समेत दिनु भयो । महाससचिव विप्लवले शनिवार स्याउ रोप्ने कार्यक्रमसंगै ५ दिन देखि जुम्लामा जारी नेकपाको स्कुलिङ्ग कार्यक्रमको समापन समेत गर्नु हुनेछ ।

    प्रतिकृया दिनुहोस्