News Portal

  • श्रमिक समुदाय केन्द्रीय बिभागले देशभर अन्तर्कृया गर्ने

    सुनौलोपोष्ट संवाददाता२०८१ माघ २३
    260Shares

    कपिलवस्तु/ श्रमिक समुदाय केन्द्रीय बिभागले देशभर अन्तर्कृया सञ्चालन गर्ने निर्णय गरेको छ।कपिलवस्तुको शिवगढीमा बुधबार सम्पन्न बिभागको तेस्रो पूर्ण बैठकले समकालीन परिस्थितिमा नेपालका दलित समुदायको अवस्था र आगामी बाटोका विभिन्न पक्षबारे बिमर्श गर्ने निर्णय गरेको संयोजक सन्तोषी सी ` सन्ध्या´ले जानकारी दिएकी छन् ।

    नेकपा महासचिव विप्लवको प्रमुख आतिथ्यता रहेको बैठकमा स्थायी समिति सदस्य सन्तोष सी( बिषम)को सहभागिता रहेको थियो।

    बैठकमा महासचिव विप्लवले समाजवादी क्रान्तिले मात्रै सबै उत्पीडित जनतालाइ मुक्त गर्ने बताए।

    बैठकले बिभागको योजनामा आर्थिक उत्पादन सम्बन्धि काम गर्ने,समुदायका समस्याबारे अध्ययन एवम् अनुसन्धानका कामलाई व्यवस्थित गर्ने र बार्षिक दुइ ओटा बैचारिक बुलेटिन प्रकाशन गर्ने निर्णय गरेको छ।

    नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनद्वारा नेपालका दलितहरुका विद्यमान समस्या र निकासबारे अध्ययन अनुसन्धान गरि पार्टीलाई सुझाव दिने र नीति निर्माणमा सहयोग पुर्‍याउने उदेश्यले बिभाग गठन गरेको थियो।

    सन्तोषी सी संयोजक रहेको उक्त बिभागमा,बीरु सी ,संन्जिव सी र सुस्मा सी सदस्य रहेका छन् भने बिभागले यस अगि देशका विभिन्न ठाँउमा दलित( श्रमिक)समुदाय र गैर दलित समुदायबिच अन्तर्कृया , छलफल र बिमर्श गर्दै आएको थियोे।

    प्रतिकृया दिनुहोस्