समाचार

मोडललाई बलि चढाउन खोजिएको प्रकरण : ६ जना कारागार चलान

११ फागुन, काठमाडौं । मोडललाई बलि चढाउन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेका ७ जनामध्ये ६ जनालाई कारागार चलान गरिएको छ ।जिल्ला अदालत, काठमाडौंले भारतमा लगेर बलि चढाउन खोजिएको प्रकरणमा संलग्नमध्ये एक जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

सुनसरीका रञ्जितकुमार चौधरी धरौटीमा छुटेका हुन् ।काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी एक साताअघि भएको आदेश अनुसार उनीहरुलाई सुन्धारास्थित केन्द्रीय कारागार चलान गरिएको बताउँछन् ।बोगटीका अनुसार प्रकरणमा संलग्न दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश शाह, दिलकुमारी बुढामगर, उमेश माझी र प्रेमा तामाङ कारागारमा छन् ।

यसअघि पीडित भनिएकी युवतीको चलाखीका कारण प्रहरीले चलाएको कोभर्ट अपरेशनका कारण यो गिरोह पुस दोस्रो साता समातिएको थियो । उनीहरुको साथबाट नगद एक लाख बराबरको चेक, धागो, कपडा, तान्त्रिक पूजा सामग्री लगायत बरामद भएको थियो ।प्रहरीले ७ जनैविरुद्ध मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा मुद्दा चलाएको थियो ।

Related Articles

Back to top button
Close