समाचार

राप्रपा र राप्रपा संयुक्तको एकता घोषणासभामा भाँडभैलो

राप्रपा र राप्रपा संयुक्तबीचको एकता घोषणसभामा भाँडभैलो मच्चिएको छ । राजधानीमा जारी दुई राप्रपाबीचको एकतासभामा कार्यकर्ताले अबदेखि पार्टी टुक्र्याउन नपाइने भन्दै भाँडभैलो मच्चाएका हुन् ।

नेता दिपक बोहोराले सम्बोधन गरिरहेका बेला दर्शकदिर्घामा बसेका पार्टी कार्यकर्ताहरुले अध्यक्षहरुलाई गिता छोएर अबदेखि पार्टी फुटाउँदैनौ भनेर कसम खान दबाब दिएपछि अध्यक्षहरुले त्यसको इन्कार गरेका थिए । अध्यक्षहरुले इन्कार गरेलगत्तै भाँडभैलो मच्चिएको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सार्वजनिक जग्गामा आश्रय लिइरहेका बाढीपीडितलाई शिविर खाली गराउन निर्देशन दिएको छ । सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत प्रशासनले वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका १५ घरधुरी बाढीपीडितलाई उक्त स्थान छाड्न निर्देशन दिएको हो । विसं २०७१ मा इत्राम,नेवारेखोलाको बाढीबाट विस्थापित बनेका यहाँ बस्दै आएका थिए ।

Related Articles

Back to top button
Close