News Portal

जेन–जी आन्दोलनका मृतक युवाको सम्झनामा राष्ट्रिय शोक बिदा

सुनौलोपोष्ट संवाददाता

काठमाडौं । सरकारले जेन–जी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि स्वरूप आज (असोज १ गते) देशभर सार्वजनिक बिदा दिएको छ।

भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनमा कम्तिमा ७२ जना युवाले ज्यान गुमाएका थिए। उनीहरुको सम्मानमा भदौ ३० गते बसेको अन्तरिम सरकारको मन्त्रिपरिषद् बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

सो निर्णयअनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरू बन्द रहेका छन्। साथै, देशभर राष्ट्रिय झण्डा आधा झुकाइएको छ।

यसअघि मंगलबार मृतक युवाहरुलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो। काठमाडौंको पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गरिएको भए पनि कतिपय युवाको पार्थिव शरीर उनीहरुको जिल्ला पु¥याएर अन्त्येष्टि गरिएको छ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो