News Portal

५१ पुगे जेनजी प्रदर्शनमा मृत्यु, तीन प्रहरी र एक भारतीय महिलासहित

सुनौलोपोष्ट संवाददाता

काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले शुक्रबारसम्मको विवरण अनुसार ५१ जनाको ज्यान गएको जानकारी दिनुभयो।

मृतकमध्ये काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका व्यक्तिहरू रहेका छन्। ज्यान गुमाउनेमध्ये तीन जना प्रहरी र एक भारतीय महिला पनि समावेश रहेको प्रहरीले जनाएको छ।

आन्दोलनका क्रममा भएका झडप र सुरक्षाकर्मीको कारबाहीका कारण मृत्यु हुनेको संख्या लगातार बढ्दै गएको छ। परिस्थितिलाई नियन्त्रणमा लिन सुरक्षा निकाय परिचालन भए पनि प्रदर्शनकर्ताको भीड रोक्न नसकिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो