काठमाडौं – ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालय अगाडि सुन्धारामा मानिसको भीड बढेको छ ।
बिहीबार केही युवाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउनुपर्ने माग गरिरहेका छन् । केही युवाले कार्की नहुने भन्दै विरोध गरिरहेका छन्
संसद् विघटन गरेर बालेन शाह, हर्क साम्पाङ, कुलमान घिसिङजस्ता पात्र अगाडि आउनुपर्ने भन्दै केही युवाले विरोध गरिरहेका छन् । उनीहरूले दुर्गा प्रसाईं सैनिक मुख्यालयभित्र रहेका भन्दै उनलाई तुरुन्त बाहिर निकाल्नुपर्ने माग गरिरहेका छन् ।
भीड बढेपछि सेनाले उनीहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ ।