News Portal

ओलीको ठोकुवा : “भण्डारीबाट पार्टी र आन्दोलन चल्दैन”

सुनौलोपोष्ट संवाददाता

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको अध्यक्षमा उम्मेदवार बने पार्टी र आन्दोलन दुवै कमजोर हुने ठोकुवा गरेका छन् ।

विधान महाधिवेशनका लागि काठमाडौंबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँग शुक्रबार भएको भेटमा ओलीले भण्डारीलाई एमाले अध्यक्षमा उठाउन नहुने जिकिर गरे । उनले भने, “उहाँलाई फर्काएर उम्मेदवार बनाउने गल्ती नगर्नुस् । उठ्नुभयो भने जित्ने अवस्था छैन । हार्नुभयो भने पार्टीमा असन्तोष फैलिन्छ ।”

भण्डारीबाट पार्टी सञ्चालन र आन्दोलन नेतृत्व सम्भव नभएको दाबी गर्दै ओलीले थपे, “उहाँ चुनाव लड्नुभयो भने निश्चित रूपमा हार्नुहुन्छ, नराम्ररी हार्नुहुन्छ । पार्टी र आन्दोलनको हितका लागि हार्नैपर्छ ।”

ओलीले भण्डारीलाई केवल अध्यक्ष पदमा मात्र नभई केन्द्रीय कमिटीमा समेत हार्ने अवस्था आउने दाबीसमेत गरे । “संघर्षको मैदान हो यो । आँखामा हाल्दा नबिझाउने लालगेडी भएर आन्दोलन चल्दैन,” उनले कटाक्ष गरे ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो