News Portal

‘एमाले ब्रान्ड होइन, वास्तविक कम्युनिष्ट पार्टी हो’:- विद्या देवि भण्डारी विद्या

सुनौलोपोष्ट संवाददाता

५ भदौ, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको जन्म हुनु अघि नै कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेको बताएकी छिन्।

काठमाडौंको थापागाउँस्थित सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले माले स्थापनाको पहिलो सन्देश भोजपुरमा छर्ने काम आफूहरूले गरेको स्मरण गरिन्।

उनले भनिन्, ‘‘म भोजपुरमा जन्मिएको मान्छे, धनकुटामा रातो झण्डा ग्रुप भन्ने थियो, हामी त्यसको सम्पर्कमा थियौं। विस्तारै कोअर्डिनेशन केन्द्र जन्मियो, त्यसपछि माले बन्यो। माले स्थापनाको पहिलो सन्देश छर्ने काम हामीले भोजपुरमै गरेका थियौं।’’

एमालेको नाम र स्वरुपबारे प्रस्ट पार्दै उनले भनेकी छिन्, ‘‘एमाले भनेको एकीकृत मार्क्सवादी–लेनिनवादी हो। मार्क्सवादी र मालेबीच एकता भएपछि यो बनेको हो। अहिले भने एमालेलाई ब्रान्ड जस्तो बनाउन खोजिएको छ तर यो वास्तविकमा नेपाल कम्युनिष्ट पार्टी नै हो।’’

भण्डारीले एमालेलाई केवल राजनीतिक ब्रान्डको रूपमा सीमित नगरी कम्युनिष्ट आन्दोलनको निरन्तरता र विचारधाराको आधारमा बुझ्नुपर्ने धारणा राखेकी छन्।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो