News Portal

  • संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिद्वारा संघर्षका कार्यक्रम घोषण

    शेरबहादुर बिश्वकर्मा२०८१ फाल्गुण १४
    565Shares

     

    काठमाडौ/नेपालका राजनीतिक दल सम्बद्ध संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले दलित समुदाय विरुद्ध भएका जातीय छुवाछूत, बिभेद र हिंसाविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।फागुन १२ गते काठमाडौंमा सम्पन्न समितिको बैठकले बिगतमा भएका कामको समीक्षा गर्दै तत्कालका लागि संघर्षका कार्यक्रम घोषणा गरेको श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सीले जानकारी दिएका छन ।

    बैठक पछि जारी संयुक्त बिज्ञप्तिमा फागुन २४ गते अन्तराष्ट्रिय महिला दिवस (८ मार्च)का सन्दर्भमा दलित महिला आन्दोलनका राजनीतिक मुद्धाबारे अन्तरक्रिया गर्ने,फागुन २९ गते दलित आन्दोलनको समिक्षासहितको राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने ,चैत्र ८ गते अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसलाई भव्यताकासाथ सङ्घर्षको रुपमा मनाउने निर्णय गरेको बताइएको छ।

    त्यस्तै प्रस्तावित निर्वाचन कानुनलाई दलितमैत्री बनाउन एवम् पूर्णसमानुपातिक निर्वाचन प्रणालीका लागि सरकारसँग माग गर्ने, यसका लागि सबै पक्षसँग छलफल गर्ने र दबाव सिर्जना गर्ने , दलित समुदायमाथि श्रृङ्खलाबद्ध रुपमा भइरहेका छुवाछूत, विभेद, अपमान, हत्या, बलात्कार, वहिष्कार र अपशब्द प्रयोगका घटनाप्रति बैठकले घोर आपत्ति प्रकट गरेको जारी बिज्ञप्तिमा उल्लेख छ।

    समितिका संयोजक तथा नेपाल दलित सङ्घका अध्यक्ष लोकबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न बैठक पछि जारी बिज्ञप्तिमा नेपाल दलित सङ्घ अध्यक्ष लोकबहादुर विश्वकर्मा,नेपाल उत्पीडत जातीय मुक्ति समाज अध्यक्ष मनोहर पौडेल विश्वकर्मा,नेपाल दलित मुक्ति मोर्चा अध्यक्ष दलजीत श्रीपाली, नेपाल दलित मुक्ति सङ्गठन अध्यक्ष रामऔतार पासवान,श्रमिक समुदाय मोर्चा नेपाल अध्यक्ष रामलाल सी,जातीय समता समाजका राजेश विश्वकर्मा, एकीकृत दलित मुक्ति मोर्चा संयोजक टेकबहादुर वि.क, समाजवादी दलित मुक्ति सङ्गठनका प्रदिप घताल
    नेपाल समाजवादी दलित मुक्ति सङ्गठनका
    गजाधर सुनार, समाजवादी दलित शिल्पी मुक्ति संगठनका कमला विश्वकर्मा, नेपाल राष्ट्रिय दलित केन्द्रका उपेन्द्र छटुन्जेल र समाजवादी दलित मुक्ति मोर्चा नेपालका शिव वर्माले हस्ताक्षर गरेका छन् भने बैठकले संघर्ष समितिको नेतृत्वमा दलजीत श्रीपालीलाइ चयन गरेको छ।

    प्रतिकृया दिनुहोस्