

१३ माघ, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले ०८४ सालको चुनावलाई नेपाली जनताले अग्रगमन,समाजवाद र स्वाधीनतमा व्यक्त गर्ने विश्वास व्यक्त गरेका छन ।
आईतवार काठमाडौमा भएको एक धुव्रीकरण कार्यक्रमलाई सम्बाधेन गर्दै महासचिव विप्लवले ०८४ सालको चुनावलाई नेपाली जनताले अग्रगमन,समाजवाद र स्वाधीनतामा व्यक्त गर्ने विश्वास व्यक्त गरेका हुन ।
उनले नेपाल आफै गरिब तथा भिकारी नभएको स्पष्ट पार्दै नेपालको राजनीतिक नेतृत्वको कू–बुद्धिले गर्दा नेपाल सम्पूर्ण साधन श्रोत भएर पनि भिकारी बनाईएको टिप्पणी गरे ।
उनले एकपटक नेपाली जनताले विश्वास गरी ०८४ सालको चुनावमा आफ्नो पार्टीलाई मत दिए नेपालको सिंहदवारमा नबसी जनताको गोरुजस्तै जोतिएर देश निर्माण अभियानमा लाग्ने प्रतिबद्धता जनाए ।
महासचिव विप्लवले भने, ‘हामीलाई सिंहदवार चाहिएको छैन, जनताले वहुमत दिएर जिताउनु भयो भने जनताको बिचमा गोरु जस्तै जोतिएर एक पटक देश बनाउने चाहाना छ, नेकपा र यसको नेतृत्व नेपाली जनताको हरेक दुखमा काँध थाप्ने पार्टी र नेतृत्व हो, जनताप्रति हाम्रो विश्वास छ, अबको चुनावलाई देशको अग्रगमन,समाजवाद र स्वाधीनतामा लिने गरी जनताले साथ दिनु हुन्छ भन्ने मेरो विश्वास छ ।’
महासचिव विप्लवले नेकपाले कसैलाई देखाउन र भन्नको लागि कृषि उत्पादनको काम नगरेको स्पष्ट पार्दै पार्टीका नेता कार्यकर्ता,देश र जनतालाई आत्मनिर्भर बनाएर समृद्धितिर लिन र नेपालका बुद्धि नभएका नेताहरुलाई चेत खुलाउन गरिएको जिकिर गरे ।
उनले भने,‘हामीले कसैलाई देखाउनको लागि उत्पादनको काम गरेका छैनौ, यो देशलाई बदल्ने चाहानाले गरेका छौ, हामी वारुदको धुवावाट जन्मिएका मान्छै हौ, खानको लागि भिखमाग्नु पदैन, आफ्नो देशमा र माटोमा मिहिनेत गर्नु पर्छ,हाम्रा युवाहरु मरुभूमिमा जानु पर्ने यो देश होईन, यहाँ राजनीतिक नेतृत्वको कमी हो, त्यो नेकपाले पुरा गर्न चाहान्छ ।’
उनले नेपाल कम्युनिष्ट पार्टीले अगाडि बढाएको राजनीति र उत्पादनको अभियानमा सबै उद्योगी व्यवसायी, गणतन्त्रवादी,देशभक्त, लोकतन्त्रवादी,क्रान्तिकरी कम्युनिष्टहरुलाई साथ दिन अपिल गरे ।
महासचिव विप्लवले संसदीय चुनावबाट समाजवादी व्यवस्थामा जाने एकपटक एउटा मोर्चा प्रयोग गर्ने गरी सबैलाई लिन चाहेको र पार्टी कुनै पनि हालतमा संसदवादी नभएको स्पष्ट पारे ।
नेपालको राजनीति जनतातिर नफर्किएको बताउदै उनले भने, ‘यो राजनीतिक विदेशतिर फर्किएको छ, मालिकतिर फर्किको छ, मुठ्ठीभरतिर फर्किको छ, लामो गोलचक्करमा छ, यो गणतन्त्र जनताको गणतन्त्रपनि होईन, नेतृत्वपनि जनतातिर फर्किएको छैन, यसलाई बदल्ने सम्पूर्ण दायित्व नेकपाको हो, हामी त्यो गर्न चाहन्छौ ।’
महासचिव विप्लवले एकता र धुव्रीकरण आउने सयौ व्यक्तिहरुलाई हार्दिक स्वागत गरे । देश वेचेर खाने दलाल, माफिया र भ्रष्टहरुसंग नेकपाले सहकार्य नगर्ने बताउदै महासचिव विप्लवले देश र जनताप्रति चिन्ता भएका व्यवसायी, राष्ट्रिय पुँजीपति वर्ग सबैसंग सहकार्य हुने विचार व्यक्त गरे ।
कार्यक्रममा नेपाल राष्ट्रिय यातायत व्यवसायी सर्वोच्च महासंघका केन्द्रीय अध्यक्ष विष्णु सिवाकोटी, वरिष्ठ उपाध्यक्ष विक्रम सापकोटा लगायतका सयौ यातायात व्यवसायी तथा विभिन्न पार्टी सम्बद्ध व्यक्तिहरु पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन ।