News Portal

  • बाढी पहिरोबाट पीडितहरुलाई उद्दार र राहतको व्यवस्था गर्न नेकपाको माग

    सुनौलो पोष्ट संवाददाता२०८१ आषाढ २९
    १३२ पटक

     

     

    काठमाडौ/ नेपाल कम्युनिस्ट पार्टीले अविरल बर्षाका कारण देशका विभिन्न जिल्लामा भएको मानवीय एवम् धनजनको क्षतीमा तत्काल उद्दार र राहत एवम् क्षतिपुर्ती गर्न माग गरेको छ।महासचिव विप्लवद्वारा शुक्रवार प्रेस बिज्ञपति जारी गर्दै सरकारलाई अबिलम्ब राहत र उद्दारमा लाग्न माग गरिएको हो।

     

    जारी बिज्ञप्तीमा ,स्याङ्जा, तनहुँ, कास्की, चितवन, दाङ, कञ्चनपुरलगायत पूर्वपश्चिम र मध्य नेपालमा व्यापक क्षति भएको भन्दै उद्दारमा जुट्न पार्टीका नेताकार्यकर्तालाई निर्देशन समेत दिइएको छ।

     

    त्यस्तै चितवनमा २ वटा यात्रुवाहक यातायातका साधनलाई पहिरोले बगाउँदा ५ दर्जन भन्दा धेरै नागरिक वेपत्ता भएको खबरले आओह्नो पार्टी स्तब्ध भएको समेत बताइएको छ।

     

    यस्तो छ,नेकपा महासचिव विप्लवद्वारा जारी विज्ञप्तिको पुर्ण पाठ:

    “केहि दिनदेखि परेको अविरल वर्षाको कारण वाढी, पहिरो, डुबान र कटानले देशव्यापी ठूलो धनजनको क्षति भएको छ । केहि दिनदेखि स्याङ्जा, तनहुँ, कास्की, चितवन, दाङ, कञ्चनपुरलगायत पूर्वपश्चिम र मध्य नेपालमा व्यापक क्षति भएको छ । आज विहान मात्र चितवनमा २ वटा यात्रुवाहक यातायातका साधनलाई पहिरोले बगाउँदा ५ दर्जन भन्दा धेरै नागरिक वेपत्ता भएको खबरले हाम्रो पार्टी स्तब्ध भएको छ । हाम्रो पार्टी प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन तथा जिउधनको क्षति भएकाहरुको उचित क्षतिपूर्ति यथाशिघ्र उपलब्ध गराउन सरकारसँग माग गर्दछ । त्यसैगरी पार्टीका सबै नेता- कार्यकर्तालाई राहत र उद्धारमा खट्न निर्देशन गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछ ।”

    प्रतिकृया दिनुहोस्