काठमाण्डाै । घरेलु टोली इङ्गल्यान्ड र वेस्ट इन्डिजबीचको ३ खेलको टेस्ट क्रिकेट शृङ्खला आजदेखि शुरु भएको छ । इङ्गल्यान्डले लन्डनमा टस जितेर बलिङ रोजेपछि वेस्ट इन्डिजले अहिले पहिलो पारीको ब्याटिङ गरिरहेको छ ।
यो खेल इङ्गल्यान्डका स्टार बलर जेम्स एन्डरसनका लागि विशेष रहेको छ । ४१ वर्षीय एन्डरसनले अन्तिम पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका हुन् । एन्डरसनले टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट गरी अहिलेसम्म ९ सय ८७ विकेट लिएका छन् । उनी सबैभन्दा धेरै विकेट लिने बलरको तेस्रो स्थानमा छन् ।
यो सूचीको पहिलो नम्बरमा १ हजार ३ सय ४७ विकेट लिएका श्रीलङ्काका मुथैया मुरलीधरन र अस्ट्रेलियाका शेन वार्न १ हजार १ विकेटसहित दोस्रो स्थानमा छन् । इङ्गल्यान्ड र वेस्ट इन्डिजबीचको दोस्रो टेस्ट आउँदो जुलाई १८ र तेस्रो तथा अन्तिम टेस्ट जुलाई २६ देखि शुरु हुने भएका्े छ ।