News Portal

  • असार २८ पछिमात्र मन्त्री र मन्त्रालयबारे टुंगो लाग्छ : ओली

    दोलागिरि संवाददाता२०८१ आषाढ २८
    ४९ पटक

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ गतेपछि मात्र मन्त्रालय र मन्त्रीहरूको टुंगो लाग्ने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले मन्त्रालय र मन्त्रीबारे बाहिर व्यापक चर्चा भएपनि अहिले नै त्यसबारे चर्चा गर्नु हतारो हुने बताएका हुन् ।

    असार २८ गते प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेस र एमालेको समझदारी अनुसार प्रचण्डले विश्वासको मत लिन असफल भएपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्नेछन् ।

    त्यसक्रमा पहिलो पटक ओली प्रधानमन्त्री बन्ने कंग्रस र एमाले बित सहमति भएकाे बताइएकाे छ ।

    प्रतिकृया दिनुहोस्