News Portal

जेन–जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीलाई प्रतिव्यक्ति १० लाख सहयोग

सुनौलोपोष्ट संवाददाता

काठमाडौँ । जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएका प्रहरीलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ सहयोग दिने निर्णय केन्द्रीय प्रहरी कार्यालयले गरेको छ।

सोमबार सूचना जारी गर्दै केन्द्रीय कार्यालयले मृतक प्रहरीका परिवारलाई सहयोग स्वरूप १० लाख रुपैयाँ उपलब्ध गराइने जनाएको हो।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार सहयोगका लागि प्रहरी महानिरीक्षकदेखि निरीक्षकसम्मको तलब कट्टा गर्ने निर्णय भएको छ। उनले भने, “प्रहरी परिवारकै तलब कट्टा गरेर प्रतिव्यक्ति १० लाख रुपैयाँ दिने निर्णय गरेका हौं।”

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ७२ जनाको मृत्यु भएको थियो। तीमध्ये ३ जना सुरक्षाकर्मी रहेको केन्द्रीय प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो