News Portal

नेपालकै इतिहासमा पहिलो महिला प्रधानमन्त्री आज शपथग्रहण लिने

सुनौलोपोष्ट संवाददाता

काठमाडौं । नेपालको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री बन्ने अवसर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पाएकी छन् । जेन–जी आन्दोलनपछिको राजनीतिक सहमतिअनुसार संसद् विघटन भएपछि सर्वसम्मत निर्णयमार्फत कार्कीलाई प्रधानमन्त्री चयन गरिएको हो ।

उनी आज साँझ ९ बजे शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

न्यायपालिकाको सर्वोच्च पदमा काम गरिसकेकी कार्की मुलुकको कार्यकारी नेतृत्व सम्हाल्ने पहिलो महिला नेतृ हुन् । उनको नेतृत्वलाई नयाँ पुस्ताले ‘परिवर्तनको विजय’ का रूपमा स्वागत गरेका छन् ।

विश्लेषकहरूले यसलाई नेपालको राजनीतिक यात्रामा ऐतिहासिक मोडका रूपमा व्याख्या गर्दै पारदर्शी र स्थिर नेतृत्वको अपेक्षा गरेका छन् ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो