News Portal

‘जेन–जी पुस्ताले नै मुलुकको शून्यता अन्त्य गर्नुपर्छ’:- रेशम चौधरी

सुनौलोपोष्ट संवाददाता

काठमाडौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले जेन–जी पुस्तालाई आफैं नेतृत्व लिन सुझाव दिएका छन् । उनले जेन–जी पुस्ता देश हाँक्न सक्षम रहेको भन्दै उपलब्धि रक्षा गर्न पनि आग्रह गरेका छन् ।

चौधरीले जेन–जी आन्दोलनले गरेको परिवर्तन प्रसंसनीय भएको स्वीकार गर्दै पनि उपलब्धिको निर्देशक नभएको टिप्पणी गरे । उनले भने, ‘मेरो विचारमा तपाईंहरू देश हाँक्न सक्षम हुनुहुन्छ । आफैं नेतृत्व लिनुहोस् र प्राप्त उपलब्धिको रक्षा गर्नुहोस् ।’

उनले जेन–जीलाई आन्दोलनका बेला उठाइएका विषयलाई थाति नराख्न आग्रह गर्दै पुराना नेतामा भर नपरी आफ्नै मार्गनिर्देशनमा अघि बढ्न सुझाव दिए । विगतका कर्मचारी र पालिका प्रमुखसँग हारगुहार गरेर लक्ष्य हासिल नहुने स्पष्ट गर्दै उनले जेन–जी पुस्ताले नै मुलुकको शून्यताको अन्त्य गर्नुपर्ने बताए ।

चौधरीका अनुसार पुराना नेताले बुँदात्मक सुझाव त दिन्छन् तर त्यसलाई कार्यान्वयन नगरेको इतिहास छ, त्यसैले अहिले उनीहरूलाई मार्गदर्शन गर्ने कुनै नैतिक अधिकार छैन । उनका अनुसार, जेन–जी पुस्तामै प्रधानमन्त्री बन्ने क्षमता छ र त्यसलाई संवैधानिक बनाउने जिम्मेवारी राष्ट्रपतिको हुनेछ ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो