
काठमाडौं । राष्ट्रियसभा सदस्य तथा नेकपा (एमाले) नेतृ कोमल ओलीले आफ्नो सपना, पसिना र आँसुमाथि प्रहार गर्नेहरूलाई कडा चेतावनी दिएकी छन्।
सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिँदै उनले लेखेकी छन्, “मेरो सपना, पसिना र आँसुमाथि जसले यसरी खरानी बनाए, उनीहरुलाई कहिल्यै भलो हुने छैन।”
उनको अभिव्यक्ति पछिल्लो राजनीतिक परिस्थिति र व्यक्तिगत संघर्षसँग जोडिएको टिप्पणीको रूपमा लिइएको छ।
गायिकाको पहिचानबाट राजनीतिको यात्रामा होमिएकी ओली २०७४ सालमा प्रतिनिधिसभा सदस्य बनेकी थिइन्। त्यसपछि निरन्तर सक्रिय रहँदै उनले एमालेको तर्फबाट राष्ट्रियसभामा प्रवेश गरिन्। पार्टीभित्र स्पष्ट र कडा धारणा राख्ने नेतृका रूपमा चिनिने उनी राजनीतिक संघर्षमा आफ्नो भूमिकाबारे खुलेर बोल्ने नेतृ मानिन्छिन्।
समाजिक सञ्जालमा उनको अभिव्यक्ति व्यापक चर्चामा आएको छ। समर्थकहरूले यसलाई अन्यायविरुद्धको प्रतिवादका रूपमा व्याख्या गरेका छन् भने कतिपयले हालको अस्थिर राजनीतिक अवस्थासँग जोडेर प्रतिक्रिया दिएका छन्।