News Portal

  • दुर्गा प्रसाई लाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने तयारी

    सुनौलोपोष्ट संवाददाता
    160Shares

     

    काठमाडौं । झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर विमानबाट दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ। उनलाई बुद्ध एअरको जहाजमार्फत काठमाडौं ल्याइएको हो।

    उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका तीन वटा गाडी भित्र गएकोमा सञ्चारकर्मीको आँखा छल्दै वैकल्पिक बाटोबाट बाहिर निकालिएको छ।

    अहिले उनलाई प्रहरी परिसर काठमाडौं पुर्‍याइएको छ। प्रसाईं भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका थिए।

    १५ चैतमा तीनकुनेमा भएको हिंस्रक राजाबादी आन्दोदनका उनी मुख्य कमाण्डर हुन्। उक्त प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए। त्यस लगत्तै प्रसाई फरार भएका थिए।

    प्रहरीले प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी थालेको छ। प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

    प्रसाईंले तीनकुने प्रदर्शनमा आफैंले चलाएको गाडीले प्रहरीलाई पेल्दै अघि बढेका थिए। प्रदर्शनको दिन अश्लिल शब्द बोल्दै सुरक्षामा खटिएका प्रहरीलाई पेल्दै प्रसाईं अगाडि बढेका थिए।

    उक्त भिड नियन्त्रणमा खटिएका केही प्रहरीले प्रसाईंविरुद्ध जाहेरी दिनेपछि उनलाई ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने बताइएको छ।

    प्रतिकृया दिनुहोस्