
काठमाडौं । रुकुमपूर्वबाट नेकपा (एमाले)को समानुपातिकतर्फ निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य सरिता (सारिका) पुनको असामयिक निधन भएको छ।
शनिबार काठमाडौंमा उपचाररत रहँदै पुनको निधन भएको हो। पार्टीका तर्फबाट सक्रिय राजनीतिमा संलग्न पुन लुम्बिनी प्रदेशसभाको अर्थ, पर्यटन तथा विकास समितिको सदस्य समेत रहेकी थिइन्।
उनी नेकपा (एमाले)भित्र महिलाको प्रतिनिधित्व र सशक्तिकरणका पक्षमा निरन्तर सक्रिय रहँदै आएकी थिइन्। उनको निधनले पार्टी मात्र नभई लुम्बिनी प्रदेशसभाले एक सक्षम प्रतिनिधि गुमाएको बताइएको छ।