News Portal

  • ०४७ साल फर्काउन खोजे ०५२ साल जन्मिन्छः विप्लव सी

    कर्ण विश्वकर्मा२०८१ फाल्गुण १४
    520Shares

     

     

     

    १४ फागुन, कालिकोट । नेपाल कम्युनिट पार्टीका महासचिव विप्लव सीले प्रतिगामीहरुले ०४७ साल फर्काउन खोजे ०५२ साल जन्मिने चेतावनी दिनु भएको छ ।
    नेकपा कालिकोटले बुधवार रास्कोटको आरसीपी बजारमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै महासचिव विप्लव सीले प्रतिगामीहरुले ०४७ साल फर्काउन खोजे ०५२ साल जन्मिने चेतावनी दिनु भएको हो ।
    उहाँले ०५२ साल भनेको हतियार सहितको युद्ध मात्र नभएको भन्दै श्रमिक जनता,किसान मजदुर, व्यवसायी, राष्ट्रवादीशक्तिको तागत भएको बताउनु भयो ।
    महासचिव विप्लवले देश जनयुद्धकै कारण गणतन्त्रसम्म पुगेको दावी गर्दै गणतन्त्रलाई कसैले खोस्न नसक्ने बताउनु भयो । उहाँले नेपालको गणतन्त्र भनेको दलाल पुँजीपतिहरुको कव्जामा पुगेको जिकिर गर्नु भयो ।
    ‘आज प्रतिगामीहरुले देशलाई पुरानै ठाउँमा फर्काउन चाहान्छन’ उहाँले भन्नु भयो, ‘गणतन्त्रलाई समाजवादी गणतन्त्रमा लैजानु पर्छ । पुरानो ठाउँमा होईन । जनयुद्धकै कारण सामन्तवादको अन्त्य भएको छ । सामन्तवादको एउटा युग सकियो । अव अर्को युग बाँकी छ ।’
    महासचिव विप्लवले जनताका बैरीहरुको हातवाट जनताको हातमा नेपालको सत्ता नपुगको भन्दै नेपालमा दलाल पुँजीवादको युगलाई पल्टाएर समाजवादी युग ल्याउनु पर्ने भनाई राख्नु भयो ।
    उहाँले नेपालमा समाजवाद स्थापन गरी जनताको विचमा गोरु जस्तै जोतिएर एकपटक जनताको सेवा गर्ने मन भएको दोहोर्याउनु भयो ।
    माओवादी काठमाडौ पुगेपछि विग्रिएको स्मुरण गर्दै त्यसमा रुपान्तरण नहुदा र आफ्नो कुरा नमिल्दा पार्टी अलग हुनु परेको स्पष्टिकरण दिनु भयो ।
    ‘माओवादी रुपान्तरण सहित एकता आवश्यक छ, महासचिव विप्लवले भन्नु भयो, ‘माओवादी मात्र नभई सिंगो कम्युनिट एकता जरुरी छ त्यो हामीले गर्नेछौ । हामी सबै समाजवाद तिर जाने गरी सोचौं,जनतालाई झुक्याउने गरी समाजवाद नभनौं । समाजवाद विरुद्ध षड्यन्त्र भए नेकपा चुप लागेर वस्दैन, नेकपा गोरु जस्तै जोतिएर जनताको सेवा गर्न चाहान्छ ।’
    उहाँले नेकपा नेपाली जनताको बिचमा ०८४ सालको चुनाव लड्न चाहेको बताउदै जनतालाई एकपटक साथ दिन अपिल गर्नु भयो ।

    कालिकोटको जनताले जनयुद्ध र एकीकृत जनक्रान्तिमा महत्वपूर्ण योगदान दिएको भन्दै उहाँले फेरी पनि समाजवादी क्रान्तिको यात्रामा साथ लिन आग्रह गर्नु भयो ।
    उहाँले भन्नु भयो माओवादी उल्टो दिशातिर हिड्ने पार्टी होईन, आफ्ना घर बनाउदै हिड्ने पार्टी होईन, मन्त्री बन्नकै लागि लडेको पार्टी होईन, आफ्नो र अरुलाई छुट्याउने पार्टी होईन, यो जनताको पार्टी हो । जनताको समस्या समाधान दिने पार्टी हो । यो कुरा माओवादीमा नदेखिएपछि अलग भयौ ।
    उहाँले आफूहरु विगार्नका लागि नभई माओवादीलाई बनाउनको लागि लक्ष्य र उद्देश्यमा पुग्नका लागि छुट्टिनु परेको दाबी गर्नु भयो ।
    उहाँले दमनवाट जनताको कुरा तह लगाउने कार्य नगर्न सरकारलाई चेतावनी दिनु भयो । दमनवाट समस्या समाधान हुदैन, दलालहरुको चक चकी बढदो छ, पाथीभरामा दमन गरिएको छ, भ्रष्टहरुलाई कार्वाही गर्दा प्रतिबन्ध लगाईको थियो, यस्तो दमनले समस्या समाधान हुदैन, ।
    महासचिव विप्लवले तीन बुँदे सहमति यथाशिघ्र कार्यान्वयन गर्न पनि माग गर्नु भयो । सरकारले तीनबुँदे सहमति कार्यान्वयन नगरेर बेइमानी गरेको टिप्पणी गर्नु भयो ।
    नेपाली विशेषताको समाजवाद नै अहिलेको संकटको सहि निकास भएको भन्दै उहाँले समाजवादी मोर्चामा भएका दलहरु समाजवाद ल्याउने दिशामा लागेको बताउनु भयो । समाजवादका लागि सबै शक्तिहरुलाई एकताबद्ध विशेष अपिल गर्नु भयो ।

    प्रतिकृया दिनुहोस्