News Portal

  • जुम्लामा पाँच दिने स्कुलिङ्गको उद्घाटन गर्दै सुशिलले भने ‘नयाँ स्कुलको आवश्यकता छ’

    कर्ण विश्वकर्मा२०८१ फाल्गुण ६
    465Shares

    ६ फागुन, जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले नेपालका कम्युनिष्टहरुलाई नयाँ कम्युनिष्ट स्कुलको आवश्यकता रहेको बताउनु भएको छ ।

    नेपाल कम्युनिट पार्टी कर्णाली प्रदेशको आयोजनामा माथिल्लो कर्णालीका अगुवा कार्यकर्ताहरुको ५ दिने स्कुलिङ्ग कार्यक्रमको जुम्लाको धाचुँमा उद्घाटन गर्दै कर्णाली प्रदेशका इन्चार्ज समेत रहनु भएका नेता सुशिल सीले कम्युनिष्टहरुको लागि पुरानो कम्युनिष्ट स्कुल मात्र नभई नयाँ कम्युनिष्ट स्कुलको आवश्यकता रहेको बताउनु भएको हो ।

    उहाँले २० औं सताव्दीको कम्युनिष्ट स्कुल मात्र नभई २१ औं शताब्दीको विकसित कम्युनिस्टहरूको स्कुल जरुरी भएको बताउनु भयो ।

    उहाँले माक्र्सवाद, लेनिनवाद र माओवादको आधारभूत कुरामा टिकेर नेपाली विशेषता अनुसारको क्रान्तिको मोड विकास गर्ने गरी नयाँ स्कुल चाहिने टिप्पणी गर्नु भयो ।

    ‘एकीकृत जनक्रान्तिको स्कुल भनेको कम्युनिष्ट आन्दोलनका लागि विकसित नयाँ स्कुल हो’ नेता सुशिलले भन्नु भयो, ‘यो माक्र्सवाद, लेनिनवाद र माओवादको जगमा विकास गरेको नयाँ स्कुल हो । हामी रुसी र चिनियाँ दुवै कम्युनिष्ट स्कुलले मात्र नेपाली क्रान्ति पुरा हुदैन भन्नेमा छौ । नेपाली विशेषतामा नयाँ क्रान्तिको मोड र स्कुल आवश्यक छ । त्यसको लागि नेकपाले नयाँ स्कुल दिदै आएको छ ।’

    उहाँले नेकपाले दर्शनमा विकास गरेको अनिश्चय, सम्भावना,रक्षा र रुपान्तरण, राजनीतिक अर्थशास्त्रमा विकास गरेको एकीकृत स्वामित्वसंगै नयाँ आर्थिक मार्ग र बैज्ञानिक समाजवादमा विकास गरेको नेपाली विशेषताको समाजवाद कम्युनिष्ट आन्दोलनको विकसित र नयाँ स्कुल भएको दाबी गर्नु भयो ।

    कार्यक्रममा स्कुलिङ्ग विभागका प्रमुख तथा पोलिट व्युरो सदस्य भेषराज सीले नेकपाले चलाएको स्कुल स्कुलिङ्ग मात्रै नभएर ब्यबहारिक जीवनमा श्रमसँग जोडिएको विकसित नयाँ स्कुल भएको बताउनु भयो ।

    उहाँले एकीकृत जनक्रान्तिमा महासचिव विप्लव सीले लामो समयको अध्ययन, अनुसन्धानबाट संश्लेषण र विकास गरिएको नयाँ स्कुल भएको जिकिर गर्नु भयो ।

    उहाँले स्कुलले मानिसहरूलाई कम्युनिस्ट जीवन जिउने आधारहरूको बारे मार्ग निर्देशित गर्ने भनाई राख्नु भयो ।
    । स्कुलिङ्गमा दर्शन शास्त्रका वारे स्कुलिङ्ग विभागका इन्चार्ज तथा नेकपा स्थायी समिति सदस्य भरत सी, राजनीतिक अर्थशास्त्रबारे नेकपा पिविएम भेषराज सी, समाज विज्ञानका वारे नेकपा पिविएम असल सी, बैज्ञानिक समाजवादका वारे नेकपा केन्द्रीय सदस्य तिर्थ सी, र भौतिक विज्ञानकाबारे नेकपा केन्द्रीय सदस्य प्रयास सीले ज्ञानबद्धक विषयगत प्रशिक्षण दिनु हुनेछ ।

    स्कुलिङ्ग कार्यक्रममा कालिकोट, जुम्ला, मुगु र हुम्ला जिल्लाका करिब ४० बढी पार्टी केन्द्रीय सदस्य , केन्द्रीय प्रतिनिधि समिति सदस्य र जनवर्गीय संगठनका जिल्ला इन्चार्जको सहभागिता रहेको छ ।

    प्रतिकृया दिनुहोस्