News Portal

  • वडाअध्यक्ष करवीरेको अत्याचारको पराकाष्ठाः ‘स्वास्थ्य,शिक्षा,बन र उपभोक्तामा नातेदारको भर्ति केन्द्र’

    सुनौलो पोष्ट संवाददाता२०८१ चैत्र १४
    6.5kShares

     

     

    काठमाडौ/कालिकोट पचालझना गाउँपालिका वडानम्वर २ का वडाअध्यक्ष करवीरे कामीको अत्याचारको पराकाष्ठा देखिएको छ । उनले स्वास्थ्य, शिक्षा, बन र उपभोक्ता समिति मार्फत दिने रोजगारीका काममा आफ्नै नातेदारको भर्ति केन्द्र बनाएको खुलासा भएको छ ।

    अध्यक्ष कामीले साना तिना पदका कुनै पनि कर्मचारी तथा रोजगारका काममा आफ्नै नातेदारलाई एकलौटी भर्ति केन्द्र गर्ने गरेको स्थानीयहरुले खुलासा गरेका हुन ।

     

    नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदमा द्रोसो पटक जितेका कामीले वडामा अभिभावकत्व दिने गरेर काम गर्न नसक्दा र नियुक्तिदेखि योजनासम्म अनियमिता मात्रै गर्दा स्थानीयहरुहरुको गुनासो बढेको छ ।

     

    वडाअध्यक्ष कामीले हालै नौमुले आधारभूत विद्यालयको वाल विकास केन्द्रमा नियमित अध्यापन गराईरहेकी शिक्षिका सरिता तिरुवालाई हटाएर आफ्नै जेठीवुहारी देवि तिरुवालाई राखेका छन ।

     

    वडा अध्यक्ष कामीले वडा सामुदायिक स्वास्थ्य ईकाई केन्द्रमा पनि आफ्नै भाई बुहारी तस्विरा तिरुव राखेका छन । नौमुले आधारभुत बिध्यालयमा नियमित अध्यापन गराईरहेकी शिक्षिका सरिता तिरुवाले विभिन्न षड्यन्त्र गरेर वडाअध्यक्षले पढाईरहको ठाउँबाट आफूलाई हटाएको गुनासो पोखिन ।

    उनले अर्को बालविकास केन्द्रमा राखिदिन्छौ भनेर वडाअध्यक्ष स्वयमले गरेको सहमति लत्त्तेउदै फेरीपनि अर्को वाल विकास केन्द्रमा समेत आफ्नै कान्छी वुहारी राखिएको दुखेसो पोखिन ।

    पीडित सरिताले भनिन् ‘गिरेपाटा वस्तीका लागि बाल विकास केन्द्रको माग भएको छ त्यहाँ राखौंला भन्दै मलाई हटाएर त्यसको ठाउँमा आफ्नो बुहारी देवी तिरुवालाई राखे । मैले नमानेपछि वडा अध्यक्ष आफैले हस्ताक्षर गरेर नौमुले आधारभुत बिद्यालयका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष सर्जन बि क , गाउँको बयवृद्ध धर्मे लोहार, नौमुले आधारभुत विद्यालयका व्यावस्थापन समितिका चन्दा दाता बैसागे कामीको रोहबरमा कागज बनाईयो । तर पनि अहिले वडा अध्यक्ष आफैले हस्ताक्षर गरेको कागजको उलंघन गर्दै त्यहाँ पनि आफ्नो कान्छी बुहारी ममिता टमटालाई राखियो ।’

    वडा अध्यक्ष कामीले वडामा आउने कुनैपनि अवसरहरुमा आफ्नै छोरा, बुहारी, दाई भाई भाउजू, भाई बुहारी आफ्न्त र आसेपासेहरुलाई राख्ने गर्दा वडा अध्यक्ष पदको दुरुपयोग गरेको स्थानीयहरुले आरोप लगाएका छन ।

    वडाअध्यक्ष कामीले एचए पढेका आफ्नो छोरा वसन्त विकलाई कालिका माध्यमिक विद्यालय खयरकोटमा जागिर खुलाएका छन भने वाल विकासमा पढाईरहेकी सरितालाई हटाएर कृर्षि जेटीए पढेकी कान्छी बुहारी ममितालाई जनजिवन बालबिकास केन्द्र गिरेपाटामा जागिर हालेका हुन ।

    वडाअध्यक्ष कामीले नौमुले आधारभुत बिद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा आफ्नै भाई सर्जन बिक बनाएका छन ।

    यस्तै जनजिवन बालबिकास केन्द्र गिरेपाटामा व्यवस्थापन समितिको अध्यक्ष पनि आफ्नै जेठो दाई धर्म लुवारलाई बनाएका छन । वडाको स्वास्थ्य स्वयमसेविका आफ्नै भाउजु गौकला विकलाई बनाएका छन ।

    वडाअध्यक्ष कामीले उपभोक्तामा पनि आफ्नै परिवारको सदस्य र आसेपासे राख्ने गरेको तथ्य सार्वजनिक भएको छ । धमाली खानेपानी मर्मत संम्भार पन्चवर्षिय आयोजनामा आफ्नै जेठो दाई बले कामी सचिव राखेका छन ।

    नौमुले खानेपानी आयोजनाको उपभोक्ता समितिमा पनि अध्यक्षले आफ्नै जुवाई मान तिरूवा, सचिव अंकल पर्ने रामसिंह बिक र कोषाध्यक्ष बहिनी ईन्द्रा विकलाई बनाएका छन ।

    यो समितिले ७० लाखको योजना अपलत्र पारेको र श्रमिकलाई ज्याला समेत नदिएको स्थानीयले आरोप लगाएका छन ।

    अध्यक्ष कामीले नबिधा मष्टा दसमुल सिँचाइ निर्माणमा आफ्नो अनुकुलताको अध्यक्षको रुपमा नयरूप शाही राखेर सचिवमा जूवाई विनित तिरुवा र कोषाध्यक्षमा आफ्नै भाउजु मनकोइला लुवार बनाएका छन ।

    वडाको घट्टेगाढ देखि गज्यासम्म सडक निर्माणको उपभोक्ता समितिमा पनि आफ्नै जेठो दाई धर्म लुवारलाई अध्यक्ष बनाएका छन । यो आयोजनामा प्राविधिक स्टमेट अनुसार काम नगरेर अनियमिता गरेको स्थानीयको गुनासो छ ।

    बडाअध्यक्ष कामीले खैरेनी झुलुङ्गे पुल निर्माणमा सचिव आफ्नै छोरा निरेन्द्र बि क राखेर ३६ लाख हिनामिना गरेको श्रमिकहरुले बताएका छन ।

    उनीहरुले काम गरेको ज्याला नपाएको गुनासो गरेका छन । अध्यक्ष कामीले सचिव बनाएका छोरालाई विदेश पठाएर छलफल नै नगराएको कामदारहरुले बताएका छन

    वडाअध्यक्ष कामीले नौमुले आधारभूत विद्यालयको भवन निर्माण गर्दा पनि अनियमिता गरेका छन । आफ्नै भाई सर्जन बि क अध्यक्ष, सचिव आफ्नै भान्जा नरपती तिरुवा र कोषाध्यक्ष बाटु तिरुवा राखेर प्राविधिक स्टमेट अनुसार काम नगरि रकम हिनामिना गरेको आरोप छ ।

    कामको प्राविधिक मूल्यांङ्कनमा २५% मात्र काम भएपनि पैसा सबै भुक्तानी दिएको पाईएको छ । काम पुरा नहुदासम्म पैसा विद्यालयको खातामा राख्ने भनिएपनि काम पुरा नगरेरै वडा अध्यक्षले नै रकम हिनामिना गरेको स्थानीयको आरोप छ ।

    वडा अध्यक्ष कामीले सामुदायिक स्वास्थ्य ईकाई बर्थिङ सेन्टर भवन निर्माणमा आफ्नै जेठो छोरा धीरेन्द्र बिकलाई अध्यक्ष बनाएर ३५ लाख रकम हिनामिना गरेको स्थानीयले आरोप लगाएका छन । स्थानीय उदे विकले यो आयोजनामा काम गरेर पनि पैसा नपाएको गुनासो गरेका छन ।

    ‘काम गराउने बेला आठ सय देखि १ हजार ज्याला दिन्छौ भनियो तर अहिलेसम्म हिसाब दिएको छैन’ स्थानीय उदे विकले भने, छलफलको लागि वडा कार्यालयमा निवेदन दिदा वडा अध्यक्षले नै एक महिनाको लागि जिम्वेवारी आफै लिएका थिए । तर पछि ४०० को दरले ज्याला लैजाउ वडाअध्यक्ष बाटै भनियो, यदि हिसाब बुझ्दैनै भने जहाँ जान्छौ जाउ जे सक्छौ गर भनेर वडा अध्यक्षले धम्क्याए ।

    स्थानीय उदेले ज्यालाको बारेमा हिसाव नमिल्दा सचिवले छलफलको लागि उजुरी लिएर जिल्ला प्रशासन कार्यालय पुग्दा पार्टीको पावर लगाएर गाउँ बोलाएर धाकधम्की दिएको बताए । उनले अहिले सचिव विदेश गएका छन हाम्रो हिसाब नै भएको छैन भने ।

    वडा अध्यक्षका छोरा बसन्त बिकले गाउँकै एक विवाहित महिलालाई जर्वजस्ती गरेको र जर्वजस्तीकरणीवाट जन्मिएको बच्चा गाउँमै मारिएको एक पीडित महिलाको आरोप छ । यो घटनामा पनि वडाअध्यक्षले गाउँमै घटना सामसुम गरेर केस मिलाएको स्थानीयले बताएका छन ।

    पीडित महिलाले भनेकिछन ‘म माईति घर आएको थिए । वसन्त राति मेरो घरमा छिरेर मलाई जर्वजस्ती गर्यो, मेरो पेटमा बच्चा बसेछ, मेरो श्रीमान भारतमा कामको लागि जानु भएको थियो । पछि श्रीमानले मलाई स्वीकार्नु भएन । मलाई उसैको जिम्मा लगाईयो । पछि उसले बच्चा पनि मारिदियो र अहिले मलाई घर न घाटको बनायो ।’

    ‘उल्टै बच्चा बसेको पहिल्यै किन नभनेको म औंषधी खुवाएर फालि दिन्थे’ पीडित महिलाले भनिन्, ‘भर्खरै मैले एउटाको बच्चा फालेको छु, तैले पनि भन्नु पर्छ नि आज यो समस्या हुदैन थियो भन्दै आफुलाई वसन्तले धम्क्यायो ।’

    वडाअध्यक्षका परिवारका यी कृयाकलाले स्थानीयवासी आक्रोशित छन । वडाअध्यक्ष स्वयम पनि यस्ता अपराधिक तथा अनियमित कामसंग जोडिन थालेपछि वडावासीले वडाअध्यक्षमाथि नै कार्वाहकिो माग गरेका छन ।

    प्रतिकृया दिनुहोस्