News Portal

  • नेपाल विद्युत प्राधिकरणको पद पूर्ति विज्ञापन विरुद्ध सर्वोच्चमा रिट

    सुनौलो पोष्ट संवाददाता२०८१ पौष २७
    २९ पटक

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणले कर्मचारी भर्ना गर्न खुलाएको विज्ञापन बिरुद्ध सर्वोच्चमा रिट दायर भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT)वाट संचालित विद्यालयवाट इलेक्ट्रीकल इन्जिनियरीङमा १८ महिने शिक्षा पास गरेका तेस्रो र चौथो तहमा योग्यता पुगेका व्यक्तिहरुले आवेदन दिन नपाउने भए पछि विहीबार उक्त समूहले रिट दायर गरेको हो।

    हर्क वडे नेतृत्वको संघर्ष समितिले तेश्रो र चौथौ तहमा कर्मचारी भर्ना गर्न माग गर्दै रिट निवेदन दिएका हुन्। उनले यस अघी नै नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालय, पदपूर्ति विभाग, लोकसेवा आयोग, उर्जा मन्त्रालय, शिक्षा मन्त्रालय जनसाधन विभागमा विनियामवलिको व्यवस्था अनुरुप तेस्रो र चौथो तहमा विज्ञापन खोलि, पाउँ भनेर निवेदन समेत दिई सकेका छन्।

    सुनौलो पोस्ट संगको कुराकानी मा हर्क बडेले भने ; “नेपाल विधुत प्राधिकरणले पाचौ तहको विज्ञापन ,मिति २०८१/०९/०५ विज्ञापन प्रकाशन भएकोमा , नेपाल विधुत प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावली २०७५ को एघारौ संसोधन विनियम १५ को संसोधन मिति २०८१/०८/१० गते संसोधन गरी यस अघि प्राधिकरणले प्राविधिकतर्फ तेस्रो तहमा खुल्लावाट ६०% र चौथो तहमा खुल्लावाट ७०% स्थायी पदपूर्तिमार्फत कर्मचारी भर्ना गर्दै आएकोमा यसपटक उक्त दुवै तहमा आवेदन माग गरिएको छैन भने मिति २०८१/०९/०५ विज्ञापनमा पाँचौ तहको लागी ठूलो संख्यामा विज्ञापन खोलिएको अवस्था छ । हामीले मिति २०८१/९/१२ मा नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालय, पदपूर्ति विभाग, लोकसेवा आयोग, उर्जा मन्त्रालय, शिक्षा मन्त्रालय जनसाधन विभागमा विनियामवलिको व्यवस्था अनुरुप तेस्रो र चौथो तहमा विज्ञापन खोलि, पाउँ भनेर निवेदन समेत दिएका थियौ । त्यसको कुनै सुनुवाई भएन । बिनियवली संशाेधन गर्नु भन्दा पहिला CTEVT बाट TSLC पढाइ भई रहेकाे छ। त्यसलाई किन मध्यनजर गरियन ।”

    प्रतिकृया दिनुहोस्