बिज्ञान प्रबिधि

एप्पलको बहुप्रतिक्षित आइफोन १२ तथा आइफोन ९ सार्वजनिक हुने मिति २ महिना पछाडि

कोरोनाका कारण चीनमा आपूर्ति श्रृंखलामा रोकावट आउँदा आइफोनका पाटपुर्जाहरु उत्पादन कारखानासम्म पुग्न नसकेको र त्यसरी उत्पादनमा असर परेको बताइएको छ ।

बैंक अफ अमेरिकाका एलियट लेनका अनुसार, सप्लाइ चेनमा रोकावट तथा उत्पादनमा ढिलाइका कारण एप्पलका दुवै फोन पूर्वनिर्धारित मितिभन्दा कम्तीमा पनि दुई महिना ढिलो गरी लञ्च हुनेछन् ।उनका अनुसार, एप्पलको सबैभन्दा सस्तो आइफोनको रूपमा मानिएको आइफोन ९ लञ्च हुन अझै बढी समय लाग्न सक्नेछ ।

अहिलेसम्म सार्वजनिक भएका खबर अनुसार, आइफोन नाइन एप्पलको सबैभन्दा सस्तो स्मार्टफोन हुनेछ । यो फोनको डिजाइन आइफोन ८ को जस्तै हुनेछ भने इन्टर्नल डिजाइनचाहिँ आइफोन ११ बाट प्रभावित हुन सक्नेछ । त्यसमा ४.७ इन्चको एलसिडी डिस्प्ले, टच आइडीका साथ होम बटन पनि हुनेछ । यसमा ३.५ एमएमको हेडफोन ज्याक नहुने बताइएको छ । त्यस्तै यसमा आइफोन ११ मा जस्तै ए१३ बायोनिक चिप हुनेछ भने आइओएस १३ अपरेटिङ सिस्टम रहनेछ । आइफोन नाइनमा ३ जिबी र्यामका साथै ६४ तथा १२८ जिबी इन्टर्नल स्टोरेज हुनेछ ।

कम मूल्यमा एप्पलको लेटेष्ट सफ्टवेयरयुक्त आइफोन चलाउन चाहने प्रयोगकर्तालाई लक्षित गरी एप्पलले आइफोन नाइन ल्याउन लागेको हो । यसको सुरुआती मूल्य ३ सय ९९ डलर हुने बताइएको छ ।

Related Articles

Back to top button
Close