News Portal

नेकपाका प्रवक्ता प्रकाण्ड सी र पूर्वप्रधानमन्त्री भट्टराईबीच भेटवार्ता

सुनौलोपोष्ट संवाददाता२०८२ जेठ १२
675Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच आईतवार भेटवार्ता भएको छ ।
भेटवार्तामा देशको वर्तमान अवस्था र बिकसित राजनीतिक घटनाक्रमका बिषयमा दुई नेता बिच गम्भीर छलफल भएको छ ।
नेकपाका प्रवक्ता प्रकाण्ड सी र पूर्वप्रधानमन्त्री भट्टराईले देशको पछिल्लो विकराल अवस्थाकावारे मन्थन गर्दै राष्ट्रको स्वाधीनता र जनाधिकार खतरामा परेको बिषयमा गम्भीर छलफल गरेको बुझिएको छ ।
दुई नेताबीच दलाल प्रवृति र त्यसको आत्मसमर्पणवादी चरित्रको कारण बिदेशी शक्तिको स्वार्थमा खतरनाक चलखेल भइराखेको , देशको संकटग्रस्त अवस्थाले प्रतिगामी तत्वहरुले समेत लाज पचाउने अवस्था सृजना भएको र दलाल संसदीय व्यवस्थाको उपज प्रतिगामी चलखेल र अराजक गतिबिधि भइरहेको बिषयमा समेत गम्भीर छफल भएको बताइएको छ ।
दुई नेताले देश र जनतालाई निराशावादले गाँजेका कारण युवा र बिद्यार्थीहरुको पलायनता डरलाग्दो ढंगले बढेको निश्कर्ष निकाल्दै आर्थिक संकटका कारण राज्यले कर्मचारीलाई समेत तलव खुवाउन नसक्ने अवस्था सृजना भएको बिषयमा समेत गम्भीर छलफल गरेका छन ।
देश र जनतालाई संकटबाट मुक्त गर्न विद्यमान शासन र राज्य व्यवस्थाको नेतृत्वको परिवर्तन अनिबार्य भएको र अहिलेको विश्व र नेपाली परिवेश अनुसारको देश र जनताको प्रतिनिधित्व गर्ने समाजवादी व्यवस्था निर्विकल्प भएको बिषयमा समेत दुई नेता विच छलफल भएको छ ।
यस्तै माओवादीधार भित्रका इमान्दार र क्रान्तिकारीहरुको एकता राष्ट्रिय राजनीतिको आवश्यकता भएकोवारे छलफल गर्दै नेपालको कम्युनिस्ट आन्दोलनमा सुद्धिकरण र एकीकरण जरुरी भएको बिषयमा समेत दुई नेताले छलफल गरेका छन ।
भेटवार्तामा नयाँ पुस्ताको नेतृत्वले मात्र देश र जनताको जीवनमा विद्यमान डरलाग्दा समस्याको समाधान र समाजवादी व्यवस्था स्थापना सम्भव हुने बिषयमा समेत गम्भीर छलफल गरेको बताइएको छ ।
भेटवार्तामा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. भट्टराईले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टीको नयाँ बिचार र नयाँ प्रयोगप्रति आफु सकारात्मक र खुशी भएको बताउनु भएको थियो । उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टीको तर्फवाट सो पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले सोचिरहेको र गरिरहेको कार्यमा आफ्नो पूर्ण सहयोग रहने बताउनु भएको छ । उहाँले राष्ट्रिय राजनीतिमा नयाँ बहस गर्न र सहकार्यलाई अगाडि बढाउन आफु तयार रहेको समेत बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस्