सुनौलोपोष्ट संवाददाता२०८२ आषाढ ६

काठमाडौ / नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ । शुक्रवार पूर्वप्रधानमन्त्री खनाल निवासमा भएको भेटवार्तामा तीन नेताहरुबीच वर्तमान राजनीतिक संकटको अग्रगामी निकासकाबारे गम्भीर छलफल भएको छ ।
नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता समेत रहनु भएका पूर्वप्रधानमन्त्री खनालसंगको भेटवार्तामा महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले कम्युनिष्ट क्रान्तिकारीहरु बीचको एकता र सहकार्य आवश्यक रहेको विषयमा ध्यानाकर्षण गराउनु भएको थियो ।
देश साम्राज्यवादीहरुको चंगुलमा फसिरहेको र दलाल पुँजीवादले चरम शोषण गरिरहेको तीन नेताले निश्कर्ष निकाल्दै आगामी दिनमा कम्युनिष्टहरु एकता विना देशको निकास नहुनेबारे सहमत भएका छन । नेताहरुबीच समाजवादी मोर्चालाई सक्रिय बनाउनेवारे पनि छलफल भएको
छ ।
