News Portal

विप्लव र प्रकाण्डद्धारा एकैदिन बावुराम र मोहनविक्रमसंग भेटवार्ता

सुनौलोपोष्ट संवाददाता२०८२ आषाढ ६
860Shares

 

काठमाडौ / नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीले एकैदिन नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बावुराम भट्टराई र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहसंग भेटवार्ता गर्नु भएको छ ।

महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड सीले शुक्रवार नेसपाका अध्यक्ष भट्टराई र नेकपा (मसाल)का महामन्त्री सिंहको निवास पुगेर छुट्टा –छुट्टै भेटवार्ता गर्नु भएको हो ।

भेटवार्तामा नेपालको राजनीतिक संकटको अग्रगामी निवास र सच्चा कम्युनिष्ट क्रान्तिकारी र वामपन्थीहरुको एकता र धुव्रीकरणका विषयमा गम्भीर छलफल भएको छ ।

नेताहरु बीच नेपालमा कम्युनिष्टहरुको टुटफुट र विभाजनले प्रतिगामी शक्तिहरुलाई फाईदा भएको निश्कर्ष निकाल्दै आगामी दिनमा एकता र धुव्रीकरणमा जोड दिनु पर्नेबारे सहमति भएको छ ।

नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड सीले नेसपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री भट्टराईलाई जनयुद्धमा ठुलो योगदान गरेर नेपाललाई गणतन्त्रसम्म ल्याउने नेतृत्व गरेको नेता भएकाले पनि कम्युनिष्ट धारनै जोडेर नयाँ शक्तिको कुरा मात्र गरेर नपुग्ने सुझाव दिएको श्रोतले बताएको छ ।

महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड सीले सम्पूर्ण अग्रगामी शक्तिहरु एकताबद्ध भएर अहिलेको दलाल पुँजीवाद मिल्काउन एकतावद्ध हुदै नयाँ निकासका लागि नेपाली विशेषताको समाजवादतिर जान आवश्यक भएको भन्दै नेता भट्टराईलाई त्यसमा सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

भेटवार्तामा नेसपाका अध्यक्ष भट्टराईले नेकपाले लिएको नयाँ नीति र कार्यक्रम राम्रो भएको भन्दै आफ्नो तर्फबाट देशको निकासका लागि सहयोग गर्ने बचन दिनु भयो ।

नेकपा महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड सीले नेपालका पाका सबैका कम्युनिष्ट गुरुको रुपमा लिने नेकपाका महामन्त्री सिंहसंगको भेटवार्तामा पनि राजनीतिक संकटको अग्रगामी निकासका लागि कसरी कम्युनिष्टहरु एक हुने ? भन्ने बारे गम्भीर छलफल भएको बुझिएको छ ।

भेटवार्तामा नेकपा मसाल र नेकपा विचको सहकार्य र एकताको सम्भावनाका विषयमा पनि छलफल भएको छ ।

नेपालमा दलाल पुँजीवाद अहिलेको प्रमुख समस्या भएको नेताहरुले निश्कर्ष निकाल्दै दलाल पुँजीवादलाई मिल्काउन क्रान्तिकारी कम्युनिष्ट, प्रगतिशील, राष्ट्रवादी र देशभक्त शक्ति एकताबद्ध हुन जरुरी रहेको विषयममा गम्भीर छलफल गरेका छन ।

महामन्त्री सिंहले नेकपाले राजनीति, आर्थिक,सामाजिक, सांस्कृति लगायतका क्षेत्रमा विकास गरेका नयाँ दृष्टिकोणहरु राम्रो भएको भन्दै सबै कम्युनिष्टहरुले अबको क्रान्तिको मार्ग कस्तो हुने ? र नेपालमा कसरी समाजवाद स्थापन गर्ने ? भन्नेबारे छलफल गरी साझा निश्कर्ष निकाल्नु पर्ने बेला आएको बताउनु भएको छ ।

भेटवार्तामा नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, नयाँ शक्तिका अध्यक्ष भट्टराई र नेकपा मसालका महामन्त्री सिंच बिच पुराना कम्युनिष्ट नेताहरुले सम्मानीत भएर अभिभाव र संरक्षकको भूमिकातिर बस्दै समाजवादी क्रान्तिको नेतृत्व युवाहरुलाई दिनुपर्ने बारेपनि छलफल भएको छ ।

भेटवार्तामा दलाल पुँजीवादबाट मुक्त हुन अग्रगामी शक्तिहरु बिचको एकता, धुव्रीकरण र सहकार्यकाबारे नेताहरु बीच गम्भीर छलफल भएको छ । यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस्