News Portal

बेपत्ताहरुको सवालमा राज्यले नै जालसाजी गर्‍यो

सुनौलोपोष्ट संवाददाता२०८२ आषाढ ३
545Shares

 

 

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बेपत्ताहरुको स्थिति सार्वजनिकरण र पीडितलाई न्याय दिने बिषयमा राज्यले जालसाजी गरेको बताएका छन।बेपत्ता परिवार समाज नेपालद्वारा आज राजधानीमा आयोजित बेपत्ताहरुको सार्वजनीकरणको प्रश्न बिषयक अन्तर्कृयालाई सम्बोधन गर्दै महासचिव विप्लवले पीडितलाई न्याय दिने र समस्या सम्बोधन गर्नुपर्नेमा राज्यले गैरजिम्मेवारपन देखाएको बताए ।

 

अन्तर्कृयाको प्रमुख अतिथि समेत रहेका विप्लवले बेपत्ताहरुको बारेमा आयोग बनाउने र भत्काउने जुन काम भएको छ त्यसले राज्यले नै जालसाजी गरेर आन्दोलन र पीडितविरुद्ध दुर्नियत र षड्यन्त्र राखेको बताए ।

 

उहाँले बेपत्ताहरुको बिषय रास्ट्रीय सवाल भएको उल्लेख गर्दै समस्या समाधानका लागि आयोग बन्नु राम्रो भएको भएपनि आयोग निर्माणको सुरुमै पीडित लगायत नागरिक समाज र मानव अधिकारकर्मीको प्रश्नको घेरा खडा भएको बताए ।

 

सहमति सहितको आयोग र पीडितको प्रतिनिधि सुनिश्चित गरेर सहमति सहितको आयोग बन्नुपर्ने र उक्त कुरामा गम्भीर हुन प्रधानमन्त्री र सरकारसङ्ग आग्रह गरेको उहाँले बताउनु भयो।

 

मन्तव्यको क्रममा महासचिव विप्लवले माओवादी आन्दोलनमा बिभाजन आउनुका विभिन्न कारण मध्ये बेपत्ता योद्धा सहिद तथा घाइते योद्धाको सवाल कसरी लिने भन्ने बिषय पनि भएको स्मरण गर्दै उहाँले आफूहरु निरन्तर जनता र क्रान्तिको बाटोमा अगि बढ्ने प्रतिबद्ध समेत व्यक्त गरे।

 

देशको समसामयिक राजनीति र एकीकरण एवम् ध्रुवीकरणबारे संकेत गर्दै महासचिव विप्लवले प्रचण्डलाई आफ्नो तर्फबाट माओवादी आन्दोलन समग्र रूपमा रुपान्तरण गरेर एकता हुनुपर्ने धारण राखेको बताए ।

माओवादी आन्दोलन लगायत समग्र राजनीति आन्दोलन नै अहिले भ्रष्टिकरण भएको भन्दै उहाँले सुरुमा जनता र देशका ठुलठुला मुद्दा उठाउने तर सत्ता र शक्तिमा पुगेपछि गम्भीर धोकाधडी हुने गरेको बताए।

अब कुनै राजनीति दलको मूल्यांकन तर्क र भाषणका आधारमा होइन श्रम, पसिना , जनता र उपलब्धिका आधारमा हुनेछ र त्यो अभियानको नेतृत्व आफूहरुले गर्ने बिप्लवको भनाइ थियो।

प्रतिकृया दिनुहोस्