News Portal

एमालेको संविधान दिवस कार्यक्रममा ओली अनुपस्थित, शाक्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न

सुनौलोपोष्ट संवाददाता

काठमाडौं । नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहे ।

महासचिव शंकर पोख्रेलको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्षता गरिन् भने प्रमुख वक्ता बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहेका थिए । कार्यक्रममा ओलीका लागि आसन समेत राखिएको थिएन ।

जेन–जी युवा आन्दोलनपछि सरकारको नेतृत्व छाड्न बाध्य भएका ओली संविधान दिवसकै अवसरमा समेत औपचारिक कार्यक्रममा सार्वजनिक भएका छैनन् ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो