कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको छैटौं पूर्ण बैठकमा केन्द्रीय सदस्यहरुको बोल्ने क्रम सकिएको छ।महासचिव विप्लवद्वारा प्रस्तुत `साम्राज्यवाद र दलाल पुँजीवाद विरुद्ध दृढतापुर्वक मोर्चा खडा गरौं,_ समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौं´ शीर्षकको दस्तावेज माथी केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम आइतबार सकिएको हो।
मङ्सिर २७ गते देखि जारी केन्द्रीय समिति बैठकमा पोलिटब्युरो सदस्य हुँदै केन्द्रिय सदस्यहरुले दस्तावेजको सैद्धान्तिक , राजनीतिक, संगठन र आगामी आवधिक योजनाबारे धारणा राखिसकेपछी आज स्थायी समिति सदस्य र महासचिव विप्लवले सम्बोधन गर्ने कार्यतालिका रहेको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ।
बैठकमा आइतबार बोल्नेहरुमा सुदुरपश्चिमबाट समर,काठमाडौबाट ज्ञानु,कालिकोटबाट बलवान्,लुम्बिनीबाट हेमन्त ,बिक्रम,रोल्पाबाट मणिराज,नवलपरासीबाट बिश्वास,चुरेबाट बिमल,बागमतीबाट धर्म,दुदुरपश्चिमबाट देव , रोल्पाबाट जागृती,सुनसरीबाट विवश,रोल्पाबाट आक्रोश रहेका छन।
त्यस्तै बैठकमा नवीन, किम, अबिचल,प्रचारप्रसारबाट दर्शन, दाङबाट सम्झना,संखुवासभाबाट देव सी,कालिकोटबाट रणदिप,युवाबाट दिनेश , नवलपरासीबाट राजु,केन्द्रिय सदस्य गोपाल, मधेसबाट इन्द्र, माडी उत्पादन केन्द्रबाट सन्देशले प्रस्तुत दस्तावेज लगायत समसामयिक बिषयमा बोलेका छन् ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सल्लाहकारहरु जीत बहादुर, यादव, सुन्दर , सन्तोषी र होमले सुझाव सहितको धारणा व्यक्त गरेका थिए।