काठमाडौं। यात्रालाई सहज र सुलभ बनाउन अहिले विभिन्न अनलाइन राइड सेयरिङ सेवा उपलब्ध छन। यात्रुको बढ्दो माग र आवस्यकता लाई ध्यानमा राख्दै बी सवारीले नयाँ तरिका बाट सेवा सुरु गरेको छ। हजारौ युवा लाई रोजगारी दिने र सुरक्षित तथा सुलभ यात्रा गराउने उद्देश्यका साथ उक्त कम्पनी सुरु गरिएको हो।
यो सब अरूको देशमा बसेर पनि आफ्नै देश र देशका युवाको बारेमा चिन्ता र चासो राख्ने युवा ब्यवसाही शेराफ कास्थाको कारणले सम्भव भएको हो। उनी यस कम्पनीका सञ्चल हुन।
युवा हरुको बढ्दो बेरोजगारीको समस्या समाधान गर्न आफ्नै इलेक्ट्रिक बाइक, स्कुटी र ट्याक्सीबाट सेवा दिने कम्पनीले जनाएको छ। कम्पनीले तत्काल ६ सय सवारी साधन बाट युवाहरुलाई आकर्षक सेवा सुविधा सहित तत्काल काम सुरु गर्ने कम्पनीका लेखापाल ललित बमले जानकारी गराए।
यस्तै कम्पनीले सुरक्षित यात्राका लागि यात्रु बिमाको पनि व्यवस्था गरेको छ। हाल लाई यो सेवा काठमाडौं उपत्यकामा सञ्चालनमा छ।