News Portal

  • पत्रकार महासंघको चुनाव तयारीबारे जनपत्रकार संगठनमा छलफल

    बसन्त बि क२०८१ मंसिर २०
    ४२ पटक

    २० मंसिर, काठमाडों । जनपत्रकार संगठन नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा सहभागी हुनका लागि आन्तरिक संगठनमा छलफल सुरु गरेको छ ।
    आगामी मंसिर २८ गतेका लागि तोकिएको महासघको निर्वाचनमा संगठनलाई कसरी फलदायी बनाउने ? भन्ने बारे छलफल सुरु गरेको जनपत्रकार संगठनले जनाएको छ ।
    संगठनको विहिवार बसेको भर्चुअल बैठकमा चुनावमा सहभागी हुनेबारे छलफल भएको संगठनका केन्द्रीय अध्यक्ष शेरवहादुर विश्वकर्माले जानकारी दिए ।
    बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले निर्वाचनमा जानु पूर्व सदस्यता विवाद समाधानमा जोड दिनु पर्ने, वामपन्थी पत्रकारहरुको साझा मोर्चा बनाउने तिर जोड दिनु पर्ने र महासंघको केन्द्रीय समितिमा सम्मानजनक सहभागीता हुनुपर्ने विचार राखेका छन ।
    बैठकमा संगठनका अध्यक्ष शेरवहादुर विश्वकर्माले अहिले सम्म निर्वाचनको बारे अन्य संघ संगठनहरु संग भएका छलफल,वार्ता र उपलव्धीका विषय जानकारी गराएका थिए ।
    उनले सत्ता गठबन्धनसंग आस्था राख्ने प्रेस चौतारी र प्रेस युनियनको संयुक्त गठबन्धन एकातिर र प्रेस सेन्टर सहित साना संगठनहरुको अर्को गठवन्धन अर्कोतिर हुने जस्तो अवस्था देखिएको बताए ।
    उनले निर्वाचन भएकाले यसै भन्न नसकिने अवस्थामा महासंंघको निर्वाचन पुगेको बताए । ‘वामपन्थी पत्रकारहरुका संगठनका नेताहरु वार्ता र छलफलमै छौ’ उनले भने ‘सहमति के कसरी अगाडि बढछ यसै भन्न सकिदैन, चुनावमा हाम्रो संगठन जान्छ, जिल्ला– जिल्लामा निर्वाचन तयारीमा लाग्नु होस्,।’

    प्रतिकृया दिनुहोस्