सुनौलो पोष्ट संवाददाता२०८१ भाद्र १९
कालिकोट/जिल्लाको पचालझरना गाउँपालिका वडा २ धमाली खयरकोटका अध्यक्ष करबिरे कामीले पचालझरना गाँउपालिका वडा १ एकका क्यान्सर पीडित मान बहादुर खड्कालाई आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।स्थानीय मान बहादुर खड्कालाई ४०हजार नगद सहयोग गर्ने निर्णय गरेको अध्यक्ष कामीले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।
वडा अध्यक्ष कामी उक्त वडामा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।उनको यो दोस्रो कार्यकाल हो।
क्यान्सर पीडित खड्का तत्कालीन जनमुक्ति सेनाका कम्पनी कमान्डर हुन् । रम्मापुर लडाइको क्रममा लागेको गोलिको कारण उनलाई क्यान्सरको समस्या देखिएको हो।