News Portal

  • समानुपातिक समावेशी समस्या नेपाली विशेषताको समाजवादी राज्यप्रणालीले हल गर्ने

    सुनौलो पोष्ट संवाददाता२०८१ भाद्र १४
    ७७ पटक

     

    काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीको जातीय-क्षेत्रीय विभागको दोश्रो बैठकले समानुपातिक समावेशी समस्या नेपाली विशेषताको समाजवादी राज्यप्रणालीले हल गर्ने निष्कर्ष निकालेको छ। शुक्रबार पार्टी कार्यालय हरिसिद्धि ललितपुरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

    विभागका अध्यक्ष सन्तोष सी को अध्यक्षतामा बसेको बैठकले आजको राज्य प्रणालीमा देखा परेको समानुपातिक र समावेशी सम्बन्धी समस्या नयाँ बन्ने नेपाली विशेषताको समाजवादी राज्य प्रणालीले हल गर्ने भएकाले त्यसबारे बहस अघि बढाउने निर्णय समेत गरेको छ।

    साथै बैठकले समाजवादी संघीयताको बहस अघि बढाउने निर्णय समेत गरेको छ।

    वैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी को प्रमुख आतिथ्यता रहेको थियो।­

    प्रतिकृया दिनुहोस्