News Portal

संविधान र लोकतन्त्रको संरक्षणका लागि एकताको आह्वान : प्रचण्ड

सुनौलोपोष्ट संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान दिवसको अवसरमा देशमा लोकतन्त्रवादी, गणतन्त्रवादी र परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता रहेको बताएका छन् ।

संविधान र लोकतन्त्रको रक्षा नै राष्ट्रको स्वतन्त्रताको रक्षा हुने भन्दै उनले सबै नेपालीको साझा कर्तव्य यहीमा निहित भएको बताएका छन् ।

भर्खरैको जेनजी आन्दोलनलाई उल्लेख गर्दै प्रचण्डले त्यसले संविधानको निरन्तरतामा परिमार्जन र विस्तारको माग गरेको बताए । उनले आन्दोलनको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे ।

उनका अनुसार भदौ २३ को आन्दोलन वास्तविक जेनजी आन्दोलन भए पनि त्यसलाई २४ भदौका घटनासँग एउटै कोणबाट हेर्न मिल्दैन । उनले जेनजी आन्दोलनलाई लोकतन्त्रविरोधी नभई यथास्थिति र तदर्थ शासनको विरोधी तथा उन्नत लोकतन्त्रको पक्षधरका रूपमा व्याख्या गरे ।

त्यस्तै उनले सम्पूर्ण पार्टीपंक्ति र जनसमुदायलाई देशव्यापी पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन आह्वान गरे ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो