News Portal

राजनीतिक निकास संविधानमै खोजिनुपर्छ : देउवा

सुनौलोपोष्ट संवाददाता

काठमाडौं । संविधान दिवसका अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा देखिने राजनीतिक जटिलताको समाधान संविधानमै खोजिनुपर्ने बताएका छन्।

शुभकामना सन्देशमार्फत उनले संविधान सर्वोच्च कानुन भएकाले यसको परिधिबाहिर गएर समाधान खोज्दा अझै अस्थिरता निम्त्याउने चेतावनी दिए। “राजनीतिक स्थिरताको खोजीमा संविधान बाहिर जाँदा अस्थिरता मात्र बढ्छ,” देउवाले भने।

उनले २०७२ सालमा पारित संविधानलाई नेपाली जनताको लामो संघर्ष, क्रान्ति र आन्दोलनको ऐतिहासिक उपलब्धि बताउँदै यसले लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायलाई संस्थागत गरेको उल्लेख गरे।

संविधान दिवसलाई गौरवका साथ मनाउन सबै नागरिकलाई आह्वान गर्दै उनले ज्ञात–अज्ञात शहीदको बलिदानप्रति श्रद्धाञ्जली अर्पण गरे। साथै, संविधानको सफल कार्यान्वयनमार्फत मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन सकिने विश्वास व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो