News Portal

जेन जी आन्दोलनमा सरकारले गोली हान्ने आदेश दिएको थिएन’:- केपी ओली

सुनौलोपोष्ट संवाददाता

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीलाई सरकारले ताकीताकी गोली हान्ने आदेश नदिएको दाबी गरेका छन् ।

भदौ २३ र २४ गतेको आन्दोलनमा ७४ जनाको ज्यान गएको थियो । मृतकमध्ये धेरैजसोको टाउको र छातीमा गोली लागेको पुष्टि भएको छ । तर ओलीले प्रहरीसँगै नभएका स्वचालित हतियार प्रयोग भएको दाबी गर्दै सो घटनाको छानबिन आवश्यक रहेको बताएका छन् ।

आन्दोलनपछि प्रधानमन्त्री पद छाड्न बाध्य भएका ओली हाल भक्तपुरको गुण्डुस्थित एक घरमा भाडामा बसिरहेका छन् । सैनिक व्यारेकमा ९ दिन बसाइँपछि उनी त्यहाँ सरेका हुन् ।

संविधान दिवसको अवसरमा शुक्रबार जारी वक्तव्यमा उनले भने, “जेन–जीको शान्तिपूर्ण भनिएको प्रदर्शनमा घुसपैठ भयो । षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाको ज्यान गयो । तर सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन।”

ओलीले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो