News Portal

  • वैज्ञानिक समाजवादले मात्रै मजदुर किसान को अधिकार सुनिश्चित गर्छ: बिराट सी

    पुर्ण बहादुर खड्का२०८१ आश्विन ७
    615Shares

     

    कन्चनपुर । वैज्ञानिक समाजवाद ले मात्रै मजदुर किसानको अधिकार प्राप्त हुने नेपाल कम्युनिस्ट पार्टी का केन्द्रीय सदस्य तथा कन्चनपुर जिल्ला ईन्चार्ज बिराट सी ले वताएका छन्।
    समाजवादी ट्रेड युनियन महासंघ कन्चनपुर को दोस्रो पुर्ण बैठक लाई प्रशिक्षण गर्दै बैठकमा प्रमुख अतिथि समेत रहेका उनले यस्तो कुरा वताएका हुन्।

    ‘नेपालका पुराना दल हरुले किसान र मजदुर को लागि हालसम्म कुनै व्यवस्थापन नगरकोले वा संविधान ठोस नगरेर खालि जनता लाई ढाँटिरहेकोले व्यवस्थापन नभयको हो पुराना राजनीति दल र यो संविधानबाट अधिकार प्राप्तिको आस गरेर समय खेर फाल्नु भन्दा परिवर्तनको बाटो मा पाइला बढाउन ईन्चार्ज बिराट ले संगठन लाइ निर्देशन दिएका छन्।

    बैठकमा उपस्थित समाजवादी ट्रेड युनियन महासंघ नेपालका महासचिव पुर्ण सि ले मजदुर कार्यकर्ता निडर र निस्वार्थ हुँदै आत्मनिर्भर हुन उत्पादनमा जोड्न पार्टि ले र महासं ले ल्यायको नीति अन्तर्गत कार्यकर्ता कार्यकर्ता खटिन र खट्न जोड दियका छन्।

    प्रितम सि को अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा कन्चनपुर जिल्ला ईन्चार्ज बिराट सि महासंघको महासचिव पुर्ण सि महासंघको केन्द्रीय सदस्य कमल सी विद्यार्थी नेता शंखर सी को उपस्थिति रहेको थियो ।

    उत्पादन र संघर्ष संग संगै मजदुर जागरण अभियान चलाउने निर्णय गर्दै बैठक सम्पन्न भयको छ।

    प्रतिकृया दिनुहोस्