काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले नेपाली विशेषताको समाजवादको नेतृत्व नेकपाका महासचिव विप्लव सी वाहेक अरुले गर्न नसक्ने दाबी गरेका छन ।
सल्यान–काठमाडौं समाजवादी मञ्चको प्रथम साधारण सभालाई शनिवार काठमाडौमा सम्वोधन गर्दै नेकपाका स्थायी समिति सदस्य सुशिल सीले यस्तो दाबी गरेका हुन ।
‘समाजवादको नेतृत्व गर्ने नेता नेपालमा कोही छ त विप्लव छ अरु मैले देख्दैन, अरु सबै नेताहरुको व्यवहार जनताले हेरिसकेका छन’ उनले भने, ‘अव नेपाली विशेषताको समाजवादको नेतृत्व विप्लवले गर्नु पर्छ, ३ करोड नेपाली जनताले एकपटक चाहेकको नेता विप्लव हुन ।’
कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका नेता सुशिलले माओवादी केन्द्रसंगको एकताको कुरा कुनै स्वार्थ केन्द्रीत एकता हुन नहुने बताए ।
उनले केपी –प्रचण्ड र वैद्य–धर्मेन्द्र जस्तो एकता नेपाल कम्युनिष्ट पार्टीले माओवादी केन्द्रसंग नचाहेको पनि स्पष्ट पारे । उनले भने ‘व्यक्तिगत रुची र चाहाना सबैका आ–आफ्नै होलान, तर देश,जनता र वर्गले मागेको एकता निर्शत हुनु पर्छ, अनि नेपाली विशेषताको समाजवादमा पुग्न सकिन्छ ।’
उनले नेपालमा दलाल संसदीय व्यवस्था नै वर्तमान व्यवस्थाको अस्थीरता भएको टिप्पणी गर्दै संविधानमा निर्वाचन प्रणााली संशोधन गरेर समाजवाद नआउने ठोकुवा गरे ।
उनले भने ‘कांग्रेस एमालेले समानुपातिक र समावेशीताको व्यवस्था संविधानबाट हटाएर परिवर्तन हुदैन, यसरी संविधान संशोधन गर्नु पश्चगामी कदम हो, कसैले पनि अग्रगामी सोचले संशोधन गर्न पाईन्छ ।’
उनले नेपालमा एमसीसी जस्तो राष्ट्रघाती सम्झौताले देशलाई परनिर्भर बनाएको बताए । नेपालका सबै राष्ट्रवादी शक्तिहरु एक भएर राष्ट्रघाती एमसीसी सम्झौता कार्यान्वयन प्रक्रिया रोक्नु पर्ने तर्क गरे ।
नेपाली विशेषताको समाजवादको नेतृत्व विप्लवले गर्नुपर्छः सुशिल सी
वसन्त बि. क२०८१ आश्विन ५
- हजारौं युवाका लागि सुनौलो अवसर रोजगार दिँदै बी सवारी
- दलाल पुँजीवाद र साम्राज्यवाद विरोधी मोर्चामा एमाले पनि आउनुपर्छ : प्रवक्ता प्रकाण्ड
- सक्षम र इमान्दार उम्मेदवार नै सबैको रोजाइको बिषय हुन्छ : वसन्त
- नेपाल प्रहरीका लागी विभिन्न पदमा नयाँ भर्ना खुल्यो
- नेपाल पत्रकार महासंघ कालिकोट शाखामा खुल्ला सदस्यको लागि बिनित कुमार तिरुवाको उमेदवारी
- प्रधानमन्त्री ओलीले चीनसँग एकैदिन गरे ८ सम्झौता
- तीन दलसँगको एकता वार्ता सकारात्मक : प्रचण्ड
- उपनिर्वाचन अपडेट सबैभन्दा कम मत खस्ने वडा बन्यो काठमाडौं-१६
- पत्रकार महासंघको चुनावमा : कमल गिरी नेतृत्वको संयुक्त प्यानल भिड्ने
- पत्रकार महासंघको चुनाव तयारीबारे जनपत्रकार संगठनमा छलफल